Loading... आजः शनिबार , श्रावण १२, २०८१

अखिल सिक्किम सरकारी कर्मचारी संगठनको नयाँ महासचिवको राजिनामा स्वीकार नयाँ महासचिव चाँडै मनोनित गरिने


गान्तोक, 14 जुलाई। अखिल सिक्किम सरकारी कर्मचारी संगठन ग्रुप सी एण्ड डीको नयाँ महासचिव चयनको निम्ति कार्यकारी समितिको बैठक सम्पन्न भयो। संगठनका चेयरमेन साङ्गे जाङ्ग्पो भोटियाको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले अखिल सिक्किम शिक्षक संगठनबाट महासचिवको निम्ति एक योग्य उम्मेद्वार चयन गरिने प्रस्ताव ग्रहण गरिएको छ। यस अवसरमा अखिल सिक्किम शिक्षक संगठनका महासचिव एनके प्रधान पनि उपस्थित थिए। गत 6 जुलाईको दिन महासचिव राब्देन भोटियाले आफ्नो पदोन्नती भएर ग्रुप बीमा पुगेपछि पदबाट राजिनामा दिएका थिए। उनको राजिनामालाई आजको कार्यकारी समितिको बैठकले स्वीकार गरेकोछ।
बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै संगठनका चेयरमेन साङ्गे जाङ्पो भोटियाले भने महासचिव राब्देन भोटियाले गत 6 जुलाईको दिन स्टेट ब्याङ्क अफ् सिक्किममा कार्यरत रहेका छन् उनको पदोन्नती भएपछि महासचिवको पदबाट राजिनामा दिएका छन्। यो संगठन केवल ग्रुप सी र डीको निम्ति मात्र भएको कारण उनले राजिनामा दिएका छन्। हामीले संगठनको सबै भातृसंगठनबाट अनुमति लिएर आज उनको राजिनामा स्वीकार गर्दै राज्यको शिक्षक संगठनबाट महासचिव नियुक्त गरिदिने अनुरोध ग़रेको बताएछन्।
यसबारेमा बैठकमा उपस्थित भएका अखिल सिक्किम शिक्षक संठनका महासचिव एनके प्रधानले संगठनको अनुरोधलाई लिएर चाँडै शिक्षक संगठनको बैठक गरेर सुयोग्य व्यक्तिलाई महासचिव पदको निम्ति मनोनयको लागी प्रस्ताव स्वीकार गर्दै पठाउने निर्णय गरेको बताए। उनले यसरी शिक्षक संगठनलाई प्रतिनिधित्वको निम्ति आग्रह गरेकोमा अखिल सिक्किम सरकारी कर्मचारी संगठनलाई पनि आभार प्रकट गरका छन्।
अर्कोतिर संगठनका भाइस चेयरमेन उदय नारायण शर्माले आजको सभाले माहसचिवको निम्ति नयाँ व्यक्ति मनोनित गर्ने निर्णय गरेको बताए। महामारी र लकडाउनको कारण भइरहेको समस्यालाई ध्यानमा राखेर चुनावी प्रक्रियाबाट नभएर आम सहमतिमा महासचिवको रिक्त पदमा मनोनयन गरिने निर्णय गरेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!