ईण्डिया पछिल्लो समय विश्वमै कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित देशको सूचिमा उक्लिएकाे छ।
अगस्ट महिनामा मात्रै ईण्डियामा झण्डै २० लाख नयाँ कोरोना संक्रमित थपिएका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएयताकै यो संख्या सबैभन्दा उच्च हो। ईण्डियामा मात्रै एक महिनामा २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ईण्डियामा हालसम्म ३७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ।
विगत केही दिन देखि संक्रमण घटेका अमेरिका र ब्राजिलमा पुनः संक्रमण बढ्न थालेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजारको हाराहारीमा संक्रमित भएका छन् भने ब्राजिलमा ४१ हजार बढी संक्रमित भएका छन्। विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या पनि ८ लाख ६० हजारभन्दा बढी छ।