Loading... आजः शनिबार , श्रावण १२, २०८१

अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी


नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी छ।

आउँदो २२ घन्टा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने आकलन गरिएको छ।

ती प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ। आउँदा तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले पनि वर्षा भइरहेकाले देशको पूर्वदेखि पश्चिम सम्मका विभिन्न क्षेत्रका ठूला नदीको बहाव सतर्कता तह आसपास रहेको जानकारी दिएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!