Loading... आजः शनिबार , श्रावण १२, २०८१

अड्किएका आफ्ना मान्छेहरूलाई घर फर्काउन बिमल गुरुङले लेखे भारतको प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्र


गान्तोक, 12 मई। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले भारतको प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहलाई पत्रचार गरेका छन्।

पत्रमा दार्जीलिङ पहाड तराई डुवर्सको आप्रवासी श्रमिकहरु – विद्यार्थीहरु – रोगीहरु – तीर्थयात्रीहरू – पर्यटकहरू जो यो लकडाउनको कारण विभिन्न स्थानहरूमा फसेका छन् तिनीहरूको पक्षमा निवेदन गर्दै उनीहरूलाई आफ्नो ठाउँमा सुरक्षित ल्याउनको निम्ति अविलम्ब हस्तक्षेप गर्न भनिएको छ। उनले पत्रमा भनेका छन् यो लकडाउनको कारणले गर्दा देशको विभिन्न स्थानहरूमा कम वेतनमा कार्य गर्ने हाम्रो क्षेत्रका मानिसहरूलाई आफ्नो जीविका चलाउन धौ धौ परिरहेको छ। घर परिवारदेखि टाडो अड्किएको कारणले उनीहरूले धेरै असुविधा भोग्नु परिरहेको छ – यसको साथै पश्चिम बंगाल सरकारले विभिन्न स्थानहरूमा अलपत्र परेका हाम्रो मानिसहरूलाई सहायता गर्न अस्वीकार गरेको छ। यो सँगै हाम्रो मानिसहरूको मंगोलियन अनुहार भएको कारण हाम्रो विद्यार्थी र श्रमिकहरू नश्लवादको शिकार भइरहेका छन् – पश्चिम बंगालको कोलकातामा धरि यस्तो घटना घटिरहेको छ उनले पत्रमा उल्लेख गरेका छन्।

अध्यक्ष गुरुङले अझ भनेका छन्, जबकि हाम्रो देशको अन्य राज्यहरूले आप्रवासी श्रमिकहरु फर्कनको निम्ति रेल परिसेवाको अनुमोदन चाहेको छ तर बंगाल सरकारले अझसम्म यस विषयमा पाइला चालेको छैन। असलमा बंगाल सरकारले रेल परिसेवा अनि अन्य सेवाहरूको अनुमति नदिएर अन्य राज्यहरूबाट आउने आप्रवासी श्रमिकहरूलाई रोक्ने कोशिश गरिरहेको छ।

उनले भनेका छन्, यी कुराहरूलाई मध्य नजर राखेर यस विषयमा तपाईको व्यक्तिगत हस्तक्षेप गरिदिन हजारौं मानिसहरूको पक्षमा बिनम्र निवेदन टक्र्याउँदछु।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!