Loading... आजः बिहिबार , माघ ३, २०८१

अति आवश्यक काम बाहेक कातिक २८ गते सम्म सबै वडा बन्द


 

 

Insert your Ads code here

राजापुर बर्दिया / कातिक २१
राजापुर नगरपालिका कार्यालय तथा सबै वडाहरु कातिक २८ गते सम्म अति आवश्यक काम बाहेक अन्य समयमा प्रवेश नगर्न हुन अनुरोध गरिएको छ ।

 

आज राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त राज अधिकारीद्धारा जारी गरिएको एक सुचना मार्फत विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९)को संक्रमण यस राजापुर नगरपालिकामा पनि बढ्दै गइरहेकोले बढ्दो संक्रमणसगै यस नगरपालिकामा कार्यरत ५ जना कर्मचारीहरु समेत संक्रमित भएकोले नगरवासीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गदै उक्त महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने गरि राजापुर नगरपालिका वडा कार्यालयहरु सबै र मातहतका कार्यालयहरु समेत २०७७ कातिक २३ गते देखी २०७७ कातिक २८ गते सम्म अति आवश्यक काममा बाहेक कार्यालय परिसरमा प्रवेश नगर्न हुन साथै अति आवश्यक काम परेमा स्वास्थ्य मापदण्ड अपनाई स्वसर्तकता पालना गर्नुहुन नगर प्रमुखज्यूको निर्देशानुसार अनुरोध गरिएको जनाइएको छ । उक्त सुचनामा कोभिड १९को महामारीबाट सुरक्षित हुन धेरै भिडभाडहुने क्रियाकलापहरु नगर्न तथा सार्वजनिक स्थलहरुमा जाँदा स्वास्थ्य सुरक्षाका माफदण्ड पालना गर्नु हुन पनि अनुरोध गरिएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!