Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अध्यक्ष अाेलीसँग समन्वय गरेर बैठक ताेक्न प्रचण्डलाई स्थायी समितिकाे निर्देशन


अाज बस्ने भनिएको स्थायी समितिको बैठक अन्तिम समयमा महासचिव विष्णु पाैडेलले स्थगितकाे सूचना जारी गरेपछि स्थायी समिति बैठकमा सहभागी हुन बालुवाटार पुगेका २९ जना सदस्यहरु अलमल्ल परे। केहीबेरकाे अापसी छलफलपछि उपस्थित सदस्यहरुले दुईवटा अध्यक्ष भएको पार्टीमा स्थायी समितिले ताेकेकाे निश्चित समय सार्नु उपयुक्त नभएको ठहर गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा अाजकाे बैठक बालुवाटारमा बसेकाे थियो।

बैठक स्थलमा पुगेर पनि माेबाइलकाे स्वीचअफ गरेका स्थायी समिति सदस्य मणी थापा र टाेपबहादुर रायमाझी लगायतका सदस्यले सहभागीता जनाएनन्। अाज अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेकाे बैठकमा २९ जना स्थायी समिति सदस्य र अन्य दुईजना अामन्त्रित सदस्यले सहभागीता जनाएका थिए। अाजकाे बैठकमा बाेलाइएकाे भए पनि गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएनन्। भने बैठक अगावै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गाैतमले अाफ्नाे विचार सार्वजनिक गर्दै अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्षले कुनै पदबाट राजीनामा नदिने, अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षकाे जिम्मेवारी दिने लगायतका सुझाव दिएका थिए।

अाजकाे बैठकले स्थायी समितिकाे अर्को बैठकको मिति अध्यक्ष केपी अाेलीसँग समन्वय गरेर ताेक्नका लागि अध्यक्ष प्रहरीलाई स्थायी समितिले निर्देश गरेको छ। अर्को बैठक कहिले कुन मितिमा बस्ने हो टुंगो लागेको छैन। यहीँ बैठक अन्तिम पनि हुनसक्ने केहीकाे बुझाई छ। छलफलमा सहभागीले पार्टी फुटकाे सँघारमा पुगेको र अध्यक्ष तथा प्रधानमन्त्री अाेलीले नेपाली काँग्रेस लगायतसँग मिलेर छुट्टै सरकार बनाउन पहल गरिरहेकाे महशुस गरेका थिए। सहभागीले सार्वजनिक नगरेपनि पार्टीभित्रैका केही नेताहरू जाे सधैं पद र सरकारमा रहेर फाइदा उठाउन पल्केका छन् उनीहरूले प्रधानमन्त्रीलाई उचालिरहेकाे र पार्टी एकता प्रक्रिया पुरा हुन नदिन अदृश्य भूमिका खेलेको राम्रोसँग बुझेको पाइएको छ। अाज प्रचण्डको अध्यक्षतामा बसेकाे बैठकलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गरेका छन् : बैठक स्थगित पछि ..बालुवाटारका राेचक दृश्यहरू!
दुई जना अध्यक्षहरूबीच परामर्श र गृहकार्य गर्न बाँकी रहेकाे यथार्थका अाधारमा नै बैठक स्थगित गरिएकाे थियाे, अाखिर बैठक त हुन सकेन नै । भेला यस्तै निष्कर्षमा पुगेर निष्कर्षबिहीन । https://t.co/NEMtvXkk94

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!