Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अध्यक्ष दाहालले दिए पहिलो पटक ‘आतंककारी’ र ‘अपराधी’ काे संज्ञा


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विप्लव समूहलाई पहिलो पटक ‘आतंककारी’ र ‘अपराधी’ भनेका छन्। निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा विप्लव समूहले आज बुधबार बिहान बम विष्फोट गराएको थियो। विष्फोटको भत्सर्ना गर्दै अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा ‘आतंककारी’ लेखिएको छ।

अध्यक्ष दाहालले विप्लव समूहको नाम नलेखी ‘गोकुलप्रसाद बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ’ लेखेका छन्। नेकपाका विभिन्न तहका नेताहरुमाथि विप्लव समूहले आक्रमण गर्दा नेकपाको केन्द्रीय नेतृत्वबाट यसरी विरोधमा विज्ञप्ति आउने गरेको थिएन। पहिलोपटक अातंककारीकाे संज्ञा दिंदै विज्ञप्तिमा लेखेका छन्– ‘घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ। तर आतंककारी घोषणा भने अहिलेसम्म गरेको छैन। यो विष्फोट र दाहालको वक्तव्यसँगै अब विप्लव समूहलाई आतंककारी घोषणा गरिनसक्ने अाशंका गरिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!