Loading... आजः शनिबार , श्रावण १२, २०८१

अध्यक्ष पाैडेलद्वारा विपन्न परिवार र बालबालिकालाई सहयोग


काेराेना भाइरसकाे महामारीले सारा नेपाली लगायत विश्व समुदाय अाक्रान्त बनेको छ। एक महिनाबढी लक डाउनले सिंगाे समुदाय प्रभावित भएको छ। मेहनत मजदुरी गरी खाने विपन्न परिवारलाई साँझबिहानकाे छाकटार्न धाै धाै परिरहेको छ। सरकारले एक द्वार प्रणालीबाट राहत वितरण गरिरहेकाे जनाए पनि कतिपय स्थानमा वास्तविक पीडितले राहत अझैसम्म पाउन सकेका छैनन्। यसैबीच डाँफे टिभी डटकमका अध्यक्ष प्रेम सागर पाैडेलले देशको विभिन्न स्थानमा पुगेर विपन्न परिवार र बालबालिकालाई सहयोग उपलब्ध गराउनु भएको छ।

अध्यक्ष पाैडेलले खजुरा गाउँ पालिकाका स्थानीय बासिन्दाकाे अनुरोधमा बीस बाेरा चामल उपलब्ध गराउनु भएको थियो। उक्त चामल खजुरा गाउँ पालिकाका वडाध्यक्ष तिलकविर सुनारलाई वितरण गरिदिन अनुरोध गरिएकोमा खजुरा गाउँ पालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले उक्त चामल नबुझ्न र वितरण नगर्न कडा व्हिप जारी गरे। अध्यक्ष कक्षपतिले झर्किदै रुखाे ब्यवहार समेत देखाए। स्थानीय जनताको विरोध र वडाध्यक्षकाे बारम्बारकाे अनुराेधलाई समेत ठाडै अस्विकार गरिदिए। डाँफेटिभी डटकमका अध्यक्षले अध्यक्ष किस्मत कुमार कक्षपतिले चामल वितरण गर्न नदिएको अाफ्नाे फेसबुकमा लेखेपछि कक्षपतिले फाेन गरेर विरोध गरेका थिए र खजुुुुरा गाउँ पालिका कार्यालयमा बाेलाएका थिए। पालिका कार्यालय पुगेर वडाध्यक्षमार्फत सहयोग बुझिदिन अनुरोध गर्दा पालिकाका प्रशासकीय अधिकृतले अध्यक्ष किस्मत र वडाध्यक्ष तिलकविर सुनारकै अगाडि वडापालिका सरकारकाे अंग नभएको, वडापालिकालाई सहयोग बुझ्ने र वितरण गर्ने अधिकार नभएको बताएका थिए। एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने भनेको प्रधानमन्त्री, मुख्यमन्त्री र गाउँ पालिका अध्यक्षले मात्र त्यस्तो गर्न सक्ने बताएका थिए। गाउँ पालिकामा भएको वार्ता टुंगोमा नपुगेपछि प्रेम सागर पाैडेलले स्थानीय विपन्न परिवारलाई वितरणका लागि उपलब्ध गराएको सहयोग सामाग्री बुझिदिन खजुरा गाउँ पालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलक विर सुनारलाई स्थानीय जनताको सामु अनुरोध गरेपछि वडाध्यक्ष सुनारले दुई सय थान मास्क, एक थान नन कन्ट्याक्ट अाईअार थर्मामिटर र बीस बाेरा चामल बुझेर लिएका थिए। यसरी वडाध्यक्षले स्थानीय विपन्न जनतालाई वितरण गरिदिनका लागि सहयोग बुझिदिएकाेमा अध्यक्ष प्रेम सागर पाैडेलले उहाँलाई धन्यवाद दिनुभएको छ।

यसैगरी, बाँके क्षेत्र नं. ३ का साँसद तथा नेकपा बाँके अध्यक्ष अाईपी खरेल र खजुुुुरा गाउँ पालिका उपाध्यक्ष एकमाया बिककाे उपस्थितिमा ईलाका प्रहरी कार्यालय धनाैलीका सबै प्रहरीलाई N95 मास्क र ननकन्ट्याक्ट थर्मामिटर सहयोग स्वरूप प्रदान गर्नुभएको थियो। साेही समय खजुरा गाउँ पालिका उपाध्यक्ष एकमाया बिकलाई गरीब असहायका छाेराछाेरीका लागि दुई सय थान मास्क प्रदान गर्नुभएको थियो। वितरणको जिम्मेवारी सहित सहयोग बुझ्नुभएकाेमा उहाँलाई अध्यक्ष पाैडेलले हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ।

Insert your Ads code here

अध्यक्ष पाैडेलले स्थानीय नेता, पत्रकार, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र सर्वसाधारणलाई अाँफैले भेटेर सयौं थान मास्क लगायतका सहयोग वितरण गर्नुभएको थियो। खजुरा गाउँ पालिका अध्यक्ष किस्मत कुमार कक्षपतिकाे विरोधका कारण खजुरा गाउँ पालिकाका अन्य वडा र विपन्न परिवारलाई सहयोग वितरण गर्ने कार्यक्रम स्थगित गरेर फर्किनु भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!