Loading... आजः शनिबार , श्रावण १२, २०८१

अध्यक्ष प्रचण्डको नेतृत्वमा स्थायी समिति बैठक बालुवाटारमा जारी


बीस जना स्थायी समिति सदस्यले लिखित रुपमा स्थायी समिति बैठक माग गरेको लामो समयपछि गत महिनाको दश गते शुरु भएको स्थायी समिति बैठक प्रधानमन्त्री केपी अाेलीकाे अनिच्छाका कारणबाट बारम्बार स्थगित हुँदै र सर्दै गरेकोमा अाज पनि अन्तिम समयमा स्थगन भएको सूचना जारी गरियो। विगतमा जस्तोगरी स्थायी समिति बैठक स्थगित भएको सूचना सुनेर स्थायी समिति सदस्यहरु बालुवाटारबाट फर्किएनन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा स्थगित भनिएको नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री र उहाँ पक्षधर नेताहरुको अनुपस्थितिमा प्रधानमन्त्री निवासकै बैठक हलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी भयो र अहिलेसम्म जारी नै छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा २७ जना स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ। महासचिव विष्णु पौडेल र आजै प्रधानमन्त्रीको पक्षमा ६ बुँदे विज्ञप्ति जारी गर्नुभएका उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा उपस्थित हुनुहुन्छ। गृहमन्त्री रामबहादुर थापा बादललाई पनि त्यहाँ बोलाइएको छ।

अध्यक्ष प्रचण्डनिकट मणि थापा र टोपबहादुर रायमाझी भने फोनलाई बिजी मोडमा राखेर सम्पर्कविहीन हुनुहुन्छ। प्रधानमन्त्री निवासमै हुनुहुन्छ र निकट नेताहरुसँग गम्भीर छलफल चलिरहेको छ।

अाजकाे स्थायी समिति बैठक स्थगित भएको सम्बन्धमा हामीले पूर्वप्रधानमन्त्री तथा वरिष्ट नेता झलनाथ खनाललाई साेधेका थियौं। उहाँले स्थगित भए पनि अाज हामी त्यत्तिकै फर्किदैनाैं। अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा स्थायी समिति बैठक चल्छ र त्यसले एउटा निर्णय गर्नेछ, भन्नुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!