पछिल्लो समय नेपालमा विकसित फरक राजनीतिक घटनाक्रमका बीच चिनियाँ चासो बढेको पाईएकाे छ। नेपालस्थित चिनियाँ राजदूत हाेउ याञ्छीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नु भएको छ।
अाज मई दिवसको दिन बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाँको निवासमा पुगेर नेपालका लागि चिनियाँ राजदूतले भेटघाट गर्नुभएको हो। भेटका अवसरमा काेराेना महामारीको विरुद्धको लडाइँमा नेपालले हाँसिल गरेको उपलब्धि र पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको छ। यसका साथै नेपाल र चीनका बीचको सहयोग सम्बन्धका विषयमा समेत कुराकानी भएको छ।
यसैगरी, चिनियाँ राजदूत हाेउले हिजो बेलुका बालुवाटारमा प्रधानमन्त्रीसङ्ग सम्बाद गर्नुभएको थियो। अस्ति दिउँसो चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभाग प्रमुख सुङ्ग थाओद्वारा नेकपा वरिष्ट नेता माधवकुमार नेपाललगायतसङ्ग तीन घण्टा भिडियो कन्फरेन्स सम्पन्न भएको थियो।
Insert your Ads code here
सबैतिरबाट नेपालले काेराेना विरुद्धको लडाइँमा प्राप्त गरिरहेकाे उपलब्धि र नेपालमा बिकसित राजनैतिक घटनाक्रमवारे कुराकानी चासो ब्यक्त गरिएको थियो। नेपाल कम्यूनिष्ट पार्टी एकताबद्ध रहने र सतहमा देखिएका समस्या अापसी समझदारीमा समाधान हुने विश्वास लिइएको छ।