Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

अध्यक्ष र सल्लाहकार नराखेर सरकारी नोकरी दियौं भन्ने एसकेएम सरकारको परिवर्तनको नारा नौटङ्की सिद्ध भयो- नवीन किरण


गान्तोक, 17 अगस्त । सिक्किम सरकारले भर्खरै मनोनित गरेको 60जना सल्लाहकार, अध्यक्ष, ओएसडी र अतिरिक्त राजनीतिक सचिवको मामिला आफ्नो पार्टीको राजनीतिक धरातल खस्किएको कारण अस्तित्व बचाउन सहयोगीहरू रिझाउने काम गरेको भन्दै राजनीतिक एक्टिविष्ट तथा अधिवक्ता नविन किरण प्रधानले लाभको पद लिनेहरू विरुद्ध 2017मा जस्तै न्यायालयमा जाने चेतावनी दिएका छन्।
आजे एउटा पत्रकारसम्मेलन आयोजन गरेर उनले एसकेएम सरकार परिवर्तनको नारा लिएर आएको तर यति चाँडै यो स्तरमा जनतालाई आफ्नो अनुहार देखाउँछ भऩ्ने विश्वास नभएको कटाक्ष गर्दै 14 अगस्तको दिन जारी गरिएको 26 जना सल्लाहकार, 29 जना अध्यक्ष 4 जना अतिरिक्त राजनीतिक सचिव र एक जना ओएसडीको पदमा कुन खर्चले नियुक्ति दिइँदैछ भन्ने प्रश्न तेर्स्याएका छन्।
एक्टिविस्ट किरणले केही दिन अघिमात्र मुख्यमन्त्रीका राजनीतिक सचिव तथा सत्तारूढ एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले एसकेएम सरकारले पछिल्लो सरकारले जस्तो जनताको पैसा खर्च गरेर अध्यक्ष र सल्लाहकारहरू नियुक्ति नगरेर 1600 जनालाई नोकरी दिएर त्यो पैसा त्यहाँ लगाएको दावी गरेको अहिले आएर केही दिन भित्रै झुटो सावित भएको ठोकुवा गरे। उनले भने, अब जेकब खालिङले जवाफ दिनुपर्छ अब अध्यक्ष र सल्लाहकार नियुक्त गरेपछि त्यसको पैसा काटेर तलब दिन्छु भन्नेले नयाँ नियुक्त गरेको कर्मचारीहरूलाई पैसा कहाँबाट दिन्छ। यसरी नै उनले एसकेएम पार्टीकोलाई मात्र नभएर विपक्षी दल एसडीएफ पार्टीबाट विजयी बनेका 9 जना विधायकलाई सल्लाहकार र अध्यक्ष दिनु अनि परिवर्तनको नारा लिएर आएको सरकारले गत आठ मई देखि नै अष्टिरिटी मेजर लागू गरेर नोकरी नदिने, परियोजनाहरू नथाल्ने, एडहक अस्थायी शिक्षकहरूको नियुक्त नदिने अनि गरीब जनतालाई काम छैन भन्ने तर आफ्नो मान्छेलाई नियुक्ति गर्ने प्रथाले सरकारको अनुहार स्पष्ट भएको छ।
उनले भारतीय जनता पार्टीको नियतमाथि पनि प्रश्न उठाउँदै राज्य अध्यक्षलाई सल्लाहकारको पदमा नियुक्ति गर्नु भाजपाको एक व्यक्ति एक पदको नीति विरुद्धको काम भएको दावी गरे।उनले यी सबै क्रियाकलापले गर्दा पूर्व सरकारले गरेको कामहरूनै अहिलेपनि दोहोरी रहेको तर परिवर्तनको नौटङ्की मात्र गरिरहेको आरोप लगाए। यसरी नै उनले अध्यक्ष र सल्लाहकारहरू थापेर लाभको पदमा पुग्नेहरू विरुद्ध 2017 सालमा 11 जना संसदीय सचिवहरूको पद न्यायालयबाट खारेज भएझैं सबै राजनीतिक विपक्षी दल एकजुट भएर लाभको पद हुनेहरू विरुद्ध न्यायालयमा जानुपर्ने बताए। यसरी नै उनले सबैजना एक जुट हुनुपर्ने आह्वान गरे भने 60 जना व्यक्ति जसले विभिन्न पदमा नियुक्ता पाएका छन् उनीहरूले यदी सिक्किमेहरूको भलो चाहने अनि क्रान्तिकारीको नारालिएरै आएका हुन् भने नियुक्ता स्वीकार गर्नुपर्छ भनि अपील पनि गरेका छन्।
अर्कोतिर उनले सूचना तक्निकी विभाग अन्तर्गत रहेका डेटा मरम्मतिका निम्ति आएका अभियान्ताहरू मध्ये दुई जनालाई कोरोना पोजिटिभ भएपछि टाशीलिङ सचिवालय 72 घण्टाको निम्ति बन्द गरिनुको पछि संलग्न सरकारी अधिकारीहरूलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग राखेका छन्। उनले कोरेण्टिनमा बसेकाहरू कसरी सरकारी अधिकारी र विधायकहरूसित वैठक गर्न पुगे अनि त्यसको जिम्मेवार को को हुन त्यसबारे प्रत्यक्षरूपमा कार्वाही हुनुपर्ने अनि पुनः सिक्किम पुलिसले बाहिर जाउ र भित्र आउ भनेजस्तो मन्तव्य गरेर ढाकछोप गर्ने प्रयास नगर्ने माग पनि गरेका छन्।
यसरी नै दक्षिण सिक्किमको मल्ली थाना अन्तर्गत अप्पर सदाम निवासी रुपनारायण राईले 13 वर्षीय नाबालिकसित यौन दुष्कर्म गरेको आरोपमा पुलिसले पक्राउ गरेको विषयमा बोल्दै बालिकामाथि जुन अपराधको आरोप छ त्यसलाई सबैले समाजमा गम्भीरतासित लिनुपर्ने अनि आरोपिको आरोप सिद्ध भएको खम्डमा उनले पाउनुपर्ने दण्ड पाउनुपर्ने अनि यो मामिलाबारे प्रशासनले गम्भीर छानविन गर्नुपर्ने अनि पीडिताले न्याय पाउनुपर्छ भनि माग राखे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!