Loading... आजः शनिबार , श्रावण १२, २०८१

अनुमति नलिई नेपाल भित्र्याइएको पाँचसयबढी कण्टेनर नियन्त्रणमा


अनुमति नलिई नेपाल भित्र्याइएको ५ सय भन्दा बढी कन्टेनर खाद्य सामाग्रीहरू विरगंजस्थिति सुख्खा बन्दरगाह कार्यालयले नियन्त्रणमा लिइ कारवाही प्रकृया थालेको छ।

प्रत्येक कन्टेनरमा २७ मेट्रिक टन खाध सामाग्री रहेका छन्। जसको बजार मुल्य ५० देखि ७० करोड़ रुपैयाँ भन्दा पनि बढि रहेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ।

तेस्रो मुलुकबाट आयातित यी खाद्य सामाग्रीहरुको अनुमति पत्र मागिएपछि आयात कर्ताहरू नै सम्पर्कमा आएका छैनन्। लामो समयसम्म आयातकर्ताहरुले आफ्नो सामान दावी गर्न नआएपछि नियन्त्रणमा लिइएको खाध बस्तुहरू लिलामी प्रकृया थालिएको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ।

Insert your Ads code here

यसरी नियन्त्रणमा लिइएको कन्टेनर तथा ट्रकभित्र केराउ,मरिच, छोकरा र सुपारी जस्ता खाद्य बस्तुहरू रहेको छ। यस्ता खाद्य
बस्तुहरू आयातपुर्व सरकारले चैत्र १६ गते बाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति अनिवार्य गरेको छ। बिना अनुमति खाध पदार्थ भित्राइएकोले आयातकर्ता सामान छुटाउन नआएको हुनसक्ने सुख्खा बन्दरगाह प्रमुख उमेश श्रेष्ठले बताउनु भयो।

यी सवै सामान सहितका कन्टेनरहरु भारतको कोलकत्ता र विशाखपट्नम बन्दरगाहवाट रेल र ट्रक मार्फत वीरगन्ज स्थिति सुख्खा बन्दरगाह आइपुगेको सरकारी सञ्चारमाध्यमले लेखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!