Loading... आजः शनिबार , श्रावण १२, २०८१

अनुश्का शर्मा र अन्य विरुद्ध नेपाली विरोधी कामको प्रतिवादमा सदर थानामा प्राथमिकी दर्ता


गान्तोक, 23 मई। बलिहुड अभिनेत्री अनुश्का शर्माले उत्पादन गरेको अनि अमाजोन प्राइम भीडीयोले जारी गरेको पाताललोक वोब सिरिजको दोस्रो भागमा नेपाली भाषीमाथि प्रयोग भएको असभ्य र अश्लील शब्दलाई आपत्ति जनाउँदै गान्तोक सदर थानामा जीडी दर्ता गरिएको छ। राजनीतिक एक्टिभिष्ट नवीन किरणको साथमा प्रकाश गुरुङ, देउप्रकाश गुरुङ र अरुण लिम्बूले संयुक्तरूपमा उक्त प्राथमिकी बुझाएका छन्। सदर थाना प्रभारीसित यस मामिलामा चर्चा गरेपछि जीडी दर्ता गरेर पुलिसका उच्च अधिकारीहरूसित अझ चर्चा गरेर कार्वाही गर्ने आश्वासन दिएका छन्।
थानाबाट बाहिरिएपछि पत्रकारहरूसित कुराकानी गर्दै नवीन किरणले भने, अनुश्का शर्मालगायत पाताललोकको सम्पूर्ण टीम निर्देशकलाई यस बारेमा कार्वाही गरिनुपर्छ। कुनैपनि समुदायलाई यस प्रकारको लाञ्छना लगाउनु गलत रहेको अनि यस कुरालाई भीडीयोबाट तुरन्तै हटाइनुपर्छ भनि सार्वजनिकरूपमा नेपाली भाषीलाई माफी माग्नुपर्छ। नेपाली शब्द भारतको संविधानको आठौं अनुसूचीले समेत मान्यता दिइसकेको छ। तर यस्तो विषयमाथि गम्भीर नहुनु दुर्भाग्यपूर्ण कुरा हो अनि यसको विरोध गर्न देशभरिका सबैजनाले अघि आउनुपर्ने उनले बताए।
उनले सिरिजको 3 मिनट 44 सेकेण्डमा नेपाली समुदायलाई होंच्याएर प्रयोग गरिएको शब्द रहेको अनि त्यस्तो शब्द प्रयोग गर्ने सिरिजको निर्माता, अभिनेता, निर्देशक सबैलाई कानुन मुताविक कार्वाही गर्नुपर्ने माग गरेको छ। जसमा निकिता ग्रोवर, अनुश्का शर्मा, कर्मेश शर्मा तथा निर्देशक अविनाश अरुण र प्रोसित रोय अन्य विरुद्ध कानुनी कार्वाही गर्नुपर्ने माग राखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!