Loading... आजः शनिबार , श्रावण १२, २०८१

अन्ततः सभामुख चयनका लागि बाटो खुल्यो


उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुभएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा पूर्वमन्त्री तथा नेकपाका नेता अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फले राजीनामा दिनुभएको हो।

साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फे नयाँ सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने निश्कर्षमा आफू पुगेको बताउनुभएको थियो। बैठकको अध्यक्षता गर्दै छोटो मन्तव्य दिएपछि उहाँले बैठक चार बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ।

सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि बन्धक बनेको संघीय संसदको बैठक अब सुचारु हुने भएको छ। औपचारिक राजीनामा दिनुअघि बैठकको अध्यक्षता गर्दै आफ्नो भनाइ राख्‍ने इच्छा राखेपछि त्यहीअनुसार दुईवटा बैठक राखिएको हो। केही समयदेखि उहाँले अाफुलाई तटस्थ राख्दै राजीनामा नदिने अड्डी लिनुभएकाे थियो। उहाँलाई त्यसाे गर्न पूर्व एमाले पक्षधरका मानिसको अान्तरिक दबाब रहेको हल्ला चलेको थियो भने राष्ट्रपतिले उचालेर त्यस्तो गर्न लगाएको पनि चर्चा चलेको थियो। जेहाेस् अन्ततः उहाँकाे राजीनामाले नेता सापकोटालाई सभामुखमा चयनका लागि मार्ग प्रशस्त गरेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!