Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला गरिने


सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो। अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको अनलाइनखबरले लेखेको छ। ५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई उडान खुला गर्ने भनिएको थियो।

तर कोरोना संक्रमण बढेसँगै सरकारले अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गर्‍यो भने अन्तराष्ट्रिय उडान सशर्त सुरु गर्‍यो । पछिल्लो समय भने यातायात व्यवसायी र वायुसेवा प्रदायक कम्पनीहरुले सरकारलाई दबाव दिएका थिए। यातायात व्यवसायी र मजदुर संगठनहरुले सरकारले निर्णय नगरे असोज १ बाट आफैं सवारी चलाउने चेतावनी समेत दिएका थिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!