Loading... आजः शनिबार , श्रावण १२, २०८१

अन्तरराज्य र अन्तरराष्ट्रीय सीमानामा सिक्किम पुलिसले शुरु गऱ्यो ड्रोन निगरानी


गान्तोक, 5 अप्रेल। हिमाली राज्य सिक्किम जसको तीनवटा विदेश लगायत अन्तर राज्य सीमाना जोडिएको छ। राज्यको सम्वेदनशीलतालाई ध्यानमा राखेर राज्य प्रशासनले कोविड 19 सिक्किम नभित्रियोस भन्ने ध्येयले पाँचवटा नाका मध्ये 2वटा खुल्ला राखेर तीनवटा नाका बन्द गरेको भए पनि सीमावर्ती क्षेत्रबाट अवैध रूपमा मानिसहरूको आवतजावत हुने आशङ्काले हिजदेखि सिक्किम पुलिसले ड्रोन मार्फत सीमानाको निगरानी शुरु गरेको छ।

सिक्किम प्रोडक्सनका टीमलाई प्रयोग गर्दै सिक्किम पुलिसले ड्रोन सञ्चालक अमिर गुरुङ (कर्मा) र समिर गुरुङले शनिबारदेखि ड्रोन निगरानी शुरु गरेको हो।अमिर गुरुङले फोनमा कुराकानी गर्दै भने, हिजदेखि सिक्किम पुलिसको आग्रहमा हामीले ड्रोन प्रयोग गरेर पश्चिम बङ्गाल र सिक्किमको सीमानाहरूमा रहेको सम्भावित मानिस छिर्नसक्ने ठाउँहरूमा निगरानी शुरु गरका छौं। उऩले हिज अनि आज रोडाथाङ, कुमरेक, रिनाक, हात्तीछिडे, रेसी आदी क्षेत्रहरूबाट ड्रोन सर्विलेन्स शुरु गरेको बताए। पूर्व जिल्लामा अन्तर राज्य सीमाना रम्फू र रेसी नाकाबाट जोडिएको छ।

अहिले रम्फू खुल्ला रहेको भए पनि रेसी नाका बन्द अवस्थामा छ। यसैगरि पूर्व सिक्किमको चीन र भोटाङसित पनि सीमाना जोडिएको छ यद्यपी चीन तर्फो नाथुला भञ्ज्याङ हिउँको कारण बन्द भएको थियो भने अहिले कोरोनाको कारण बन्द अहिलेसम्म पूर्ण रूपमा बन्द छ। अर्कोतिर दक्षिण जिल्लाको निम्ति मल्ली नाका खुल्ला गरिएको छ भने रमाम नाका बन्द छ यसैगरि पश्चिम जिल्लाको सलाङदाङ दरामदिनको नाका र नेपालसितको उत्तरे चिवा भञ्ज्याङ नाका अगावैदेखि बन्द रहेको छ। यद्यपी अहिले यी नाकाहरूमा सक्रिय रूपमा सिक्किम पुलिसका जवानहरूले दिनरात निगरानी गरेर अवैध रूपमा कसैलाई ओहोरदोहोर गर्न दिएको छैन।

अर्कोतिर अब दक्षिण र पश्चिम सिक्किमको सीमानाहरूमा पनि सिक्किम पुलिसले ड्रोन निगरानी राख्ने छ यसको निम्ति सुख्किम प्रोडक्सनले नै पहल गर्ने प्रोडक्सनका संस्थापक अमिरले बताए। अब चाँडै दक्षिण र पश्चिम सिक्किममा पनि ड्रोन सर्विलेन्सको लागी सुख्किम प्रोडक्सनको टिम जाने भएको उनले बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!