Loading... आजः शनिबार , श्रावण १२, २०८१

अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु


बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु भएको छ। विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र विवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो।

विमानस्थल निर्माण स्थलले चर्चेको करिव ८ हजार हेक्टर मध्य अहिले १९ सय हेक्टर क्षेत्रको गणना गर्न डिभिजन वन कार्यालय बारालाई पत्राचार गरेपछि रुखको गणना र ट्याग गर्ने कार्य सुरु गरेको हो। बिमानस्थल निर्माणको लागि सरकारले छुट्याएको ८ हजार ४५ हेक्टर भुभाग मध्ये वन कार्यालय बाराले जिपिएस प्रणाली मार्फत पहिलो चरणमा १९ सय हेक्टर भित्र रहेका रुखहरुको गणना गरिरहेको छ।

१९ सय हेक्टर वन क्षेत्रलाई १२ क्लष्टरमा विभाजन गरी कार्य थालनी गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। पहिलो क्लष्टरको गणना गर्ने कार्य सकिएको छ। पहिलो क्लष्टरको करिव ९८ हेक्टर क्षेत्रफलमा गणना सकिदा २७ हजार ५ सय ३३ को संख्यामा पोल र रुख रहेको गणनामा खटिएका एक वन प्राविधिकले बताए। उनका अनुसार अहिलेसम्म ३० हजार ६ सय पोल र रुखहरुमा नम्बर प्लेट लगाइसकेको र जसमध्ये अधिकांश साल प्रजातिका रुखहरु रहेको छ। वन प्राविधिक सहित १७ जनाको टोलिले करिव एक महिनादेखि रुखको गणना गर्ने कार्य गर्दै आइरहेको छ।

Insert your Ads code here

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडि बढाउन मन्त्रिपरिषद्ले निर्णय गरेमा रुख र पोलको संख्या यकिन गर्न यो तथ्याकं काम लाग्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ। यसको मुख्य उद्देश्य प्रस्तावित दोस्रो अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रमा २४/२५ लाख रुखहरु काटिने भनेर गलत प्रचार भएकोले वास्तवमै यो क्षेत्रभित्र रुख र पोलको सख्या कति छ भनेर प्रमाणित गर्न गणना सुरु गरिएको हो।

विमानस्थलको विषय सर्वोच्च अदालतमा विचाराधिन भएकोले अदालतले पनि रुख र पोलको संख्या कति छ भनेर तथ्यांक मागेमा त्यसका लागि यकिन तथ्याकं दिन काम लाग्ने डिभिजन वन कार्यालयका प्रमुख मंजुर अहमतले बताउनुभयो। यसअघि विमानस्थल निर्माण क्षेत्रलाई तारवार लगाउने, पश्चिम तर्फको पसाह खोलामा तटबन्द र केही मात्रामा मुआब्जा समेत बितरण गरी सकेको दोश्रो अन्तराष्ट्रिय विमानस्थल कार्यालय सिमराले जनाएको सरकारी सञ्चार माध्यमले लेखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!