Loading... आजः शनिबार , श्रावण १२, २०८१

अन्तर्राष्ट्रिय हवाई यात्रु संख्या बढी बनाउनेमा नेपालको सरकारी एयरलाइन्स


राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यात्रु संख्यामा छलाङ मारेको छ। सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली र नेपाल उडान गर्ने विदेशी वायुसेवा कम्पनीमध्ये नेपाल एयरलाइन्स पहिलो स्थानमा छ।

यस क्रममा सन् २०१८ को तुलनामा यस वर्ष नेपाल एयरलाइन्सको यात्रु संख्यामा उल्लेख्य मात्रा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०१९ मा नेपाल एयरलाइन्सले कूल ७ लाख ३५ हजार ८ सय ३५ जना यात्रु बोकेको छ। यस वर्ष नेपालमा अन्तराष्ट्रिय उडान गर्ने नियमित तथा चार्टर्ड उडानका ३५ वायुसेवा कम्पनीले ४१ लाख ३८ हजार ५ सय ६३ यात्रु बोकेका छन् । त्यसमध्ये नेपाल एयरलाइन्सको मात्र बजार हिस्सा १७.८ प्रतिशत पुगेको छ। अनलाइनखबरका अनुसार नेपाल एयरलाइन्सले सन् २०१८ मा मात्र ४ लाख ९१ हजार ९ सय ७९ जना यात्रु बोकेको थियो।

सन् २०१८ मा सर्वाधिक यात्रु बोक्नेमध्ये एक जेट एयरवेज बन्द भयो। फलस्वरुप नेपाल एयरलाइन्सले दिल्लीमा उडान विस्तार गर्‍यो। दिल्लीमा दैनिक तीन उडान गर्दासमेत अक्कुपेन्सी स्वस्थ रहेको नेपाल एयरलाइन्सका नायव महाप्रवन्धक गणेशबहादुर चन्दले जानकारी दिनुभयो। चन्दका अनुसार सन् २०१९ मा दिल्ली र दोहाबाट आउने यात्रुले कूल संख्या बढाउन सहयोग गरेको हो। यसै वर्ष नेपाल एयरलाइन्सले जापान उडान विस्तार गर्‍यो।

Insert your Ads code here

तथ्यांकअनुसार नेपाली कम्पनीमध्ये निजी लगानीको हिमालय एयरलाइन्सको बजार हिस्सा भने यस वर्ष खस्किएको छ। कम्पनीले सन् २०१९ मा ढिला गरी चीन र बंगलादेशको ढाकामा उडान बिस्तार गर्‍यो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!