Loading... आजः शनिबार , श्रावण १२, २०८१

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे


अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटक बढेका छन्। सन् २०१९ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा ९०६ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँका अनुसार सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले पदमार्गमा यात्रा गरेका छन्। त्यस्तै सन् २०१८ मा एक लाख ८० हजार ९४ जना पर्यटकले पदमार्गको भ्रमण गरेका थिए। पदमार्गको भ्रमण गर्नेमा सार्क राष्ट्रका ४६ हजार ९९० र अन्य देशका एक लाख ३३ हजार १०३ जना रहेका बरालले जानकारी दिनुभयो।

सार्क राष्ट्रमध्ये भारतका बढी र सार्कबाहेक अन्य देशमा चीन, फ्रान्स, जर्मन, बेलायत, केरिया, अस्टे«लिया, मलेसिया, अमेरिका, क्यानाडालगायतका देशका पर्यटक बढी छन्। विशेषगरी पदमार्गमा भदौको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म पर्यटकको चाप बढी हुने गर्दछ। पदमार्गको मुख्य केन्द्र मानिएको अन्नपूर्ण आधार शिविर कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा छ।

Insert your Ads code here

पदमार्गमा जाने एक तिहाइभन्दा बढी आधार शिविरसम्म पुग्ने गर्छन्। गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पदमार्गको भम्रण गर्ने कुल विदेशीमध्ये करिब ५० हजारको हाराहारीमा आधार शिविर पुग्ने गरेको बताउनुभयो। पदमार्गको सुधारसँगै आर्थिक पूर्वाधार निर्माणमा गाउँपालिका लागेको र हाल विभिन्न काम सुरु गरेको कुँवरले जानकारी दिनुभयो। पदमार्गलाई वर्षभर नै सञ्चालनसँगै एक पटक आएका पर्यटकलाई पटकपटक आउने वातारण बनाउनसमेत आफूहरू लागेको उहाँको भनाइ छ।

स्थानीय व्यवसायीसमेत रहेका अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङले केन्द्र र प्रदेश सरकारले पदमार्गको विकास र विस्तारमा जुन रूपले काम गर्नुपर्ने हो नगरेको भन्दै गुनासो गर्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!