Loading... आजः शनिबार , श्रावण १२, २०८१

अन्नपूर्ण संरक्षण क्षेत्रमा अझै विदेशी पर्यटक


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मनाङ, मुस्ताङ र कास्कीमा १२ मुलुकका ४४ पर्यटक पदयात्रा क्षेत्रमै छन्। लकडाउनअघि पदयात्रामा आएका यी पर्यटक यस क्षेत्रमै सुरक्षित महसुस गरी बसेका कान्तिपुर अनलाइनले लेखेको छ।

लमजुङ र म्याग्दीमा भने पर्यटक छैनन्। २५ पुरुष र १९ महिला अहिले पदयात्राका होटल तथा होमस्टेमा बसेका छन्। कोरोना भाइरस संक्रमण डरले आफ्नो देश नफर्किएको उनीहरूले स्थानीयलाई बताएका छन्। उनीहरूले नेपाल सुरक्षित महसुस गरेका छन्।

लकडाउनकै समयमा धेरै पर्यटक संरक्षित क्षेत्रभित्रको पदयात्रामा रहेको एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख राजकुमार गुरुङले जानकारी दिनुभयो। आफ्नो देशले चार्टर्ड जहाज पठाएपछि सरकारले उनीहरूलाई आफ्नो देश फर्कने व्यवस्था गरेको थियो। धेरै पर्यटकलाई स्थानीय प्रशासन र प्रहरीले लकडाउनको समय उद्धार गरी पठाए पनि उनीहरू फर्कन नचाहेको प्रमुख गुरुङले बताउनुभयो। उनीहरू अहिले पदयात्राकै होटल तथा होमस्टेमा बसेका छन्।

Insert your Ads code here

एक्यापका अनुसार इलाका संरक्षण कार्यालय मुस्ताङअन्तर्गत छिङ्गुर, जोमसोम, झारकोट र घासामा पर्यटक छन्। मनाङको पिसाङ, ङावल र तालमा केही पर्यटक बसेका छन्। कास्कीको धम्पुस र घाचोकमा पनि पर्यटक छन्। घान्द्रुकअन्तर्गत तिखेढुंगामा र लान्द्रुकमा पनि केही पर्यटक रहेको एक्याप केन्द्रीय कार्यालयका सूचना अधिकारी ऋषि बरालले जानकारी दिनुभयो। यीमध्ये चिनियाँ मात्रै १६ जना छन्। अन्यमा मलेसिया, अमेरिका, रसिया, जर्मनी, अस्ट्रेलिया, फ्रान्स, इटाली, अर्जेन्टिना, स्विडेनलगायत मुलुकका पर्यटक छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!