गान्तोक, 28 अगस्त। सिक्किमको राजधानी गान्तोकबाट गत 14 अगस्तको दिन अपहरणमा परेकी एक नाबालिकालाई सदर थानाको दललाई प्रहरी उपनिरिक्षक तिलक क्षेत्रले नेतृत्व गरेको एउटा टोलीले भारतको हरियाणाको अम्बलाबाट उद्दार गरेको छ। पुलिस दलले तस्करहरूलाई पनि पक्राउ गरेको छ। यसमा अम्बला पुलिसले सहयोग गरेको थियो। एक नाबालिका हराएको प्राथमिकी 15 अगस्तको दिन सदर थानामा दर्ता गरेको थियो। तत्कालै पुलिसले कार्वाही शुरू गरेको पुलिस सूत्रले बताएको छ। विस्तृत फोन कलको आधारमा पुलिसले तस्करहरू हरियाणाको अम्बालामा रहेको 17 अगस्तको दिन सिक्किम पुलिसले पत्तो लगाएको थियो। तुरन्तै पुलिस दल गान्तोकबाट प्रस्थान गरेको थियो। कोविड 19 को कारण उद्दार कार्य निक्कै कठिन रहेको अनि थुप्रै ठाउँ प्रतिबन्ध रहेको बताइएको छ। यस अभियानमा आइआरबी दिल्लीले पनि मानवशक्ति र अन्य सहयोग गरेको पुलिस सूत्रले बताएको छ।