टीकापुर कैलाली
कार्तिक ११
कैलालीको टिकापुर नगरपालिकामा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको पहलमा ह्वील चियर वितरण गरिएको छ ।
टिकापुर नगरपालिका वडाको पदमपुर गाउँका ७० वर्षिय बुधी राम चौधरी (एउटा खुटटा नभएका व्यक्ती ) र टिकापुर नगरपालिका बैदीका पुर्ण प्रसाद पाण्डे लाई समाजसेवी बर्दिया जिल्ला राजापुर निवासी दिपक सेनको सहयोगमा नव यूवा क्लब नेपाल मार्फत ह्वील चियर प्रदान गरीएको हो ।
नव यूवा क्लब नेपालका अध्यक्ष धर्म घर्तिमगरको सभापत्तिवमा तथा टिकापुर नगरपालिका वडा नं ७ का अध्यक्ष रामलाल डगौराको प्रमुख आतिथ्योमा ह्वील चियर प्रदान गरिएको थियो । कार्यक्रममा सामुदायिक सहकारी सस्था टिकापुर ७काअध्यक्ष हरी कुमार कार्की, नेकपा माओवादीका नगर अध्यक्ष यज्ञ न्यौपाने लगायत समाजसेवी महिलास्वास्थ्य सेविका, सत्ती प्रहरी चौकीका ईन्चार्ज चंक कडायतहरुको उपस्थित रहेको थियो ।
Insert your Ads code here
नव यूवा क्लब नेपालका सचिब दिपेन्द्र श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा नव यूवा क्लबका अध्यक्ष धर्म घर्तिमगरले समाज परिवर्तन र रुपान्तरणका लागि युवाहरुको भूमिका अहम हुने भएकाकारण समाजका आई पर्ने समस्याका लागि सहयोग गर्ने प्रयासका साथ नव युवा क्लब नेपाल गठन भई समाजिक विकासमा काम गर्न सुरु गरीरहेकोले आगामी माघ महिलामा ६ जना कान सुन्न नसक्ने व्यक्तीहरुलाई कान सुन्न मेसीन उपलब्ध गराउने बताउनु भयो ।
सहयोग गर्ने दिपक सेनलाई कार्यक्रममा सम्मान गरिएको थियो ।