Loading... आजः शनिबार , श्रावण १२, २०८१

‘अब जनता बोल्छन्’ कार्यक्रम आउदै


काठमाडाैं । पब्लिक न्युज एजेन्सीले ‘अब जनता बोल्छन्’ नामक कार्यक्रम ल्याउने भएको छ । बिशेष गरी कोरोना महामारीलाई मध्यनजर गर्दै ल्याउन लागिएको उक्त कार्यक्रममा आम जनताले भोग्दै आएका सबै प्रकारका अप्ठ्याराहरुलाई समेत समेट्ने छ । नागरिकले भोग्दै आएका झिना मसिना समस्याहरु सबै मिडियाको पँहुचमा नपुग्ने र आम मिडियाहरुले ठुला बिषयहरु मात्रै समेट्ने गरेको भन्दै पब्लिक न्युज एजेन्सीले यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

उक्त कार्यक्रमले जनताका गुनासा, समस्याहरु राज्यसमक्ष पुर्याउने उदेश्य राखेको छ । कोरोना महामारीका क्रममा नागरिकले भोग्दै आएको पिडाबारे पब्लिक न्युजको आधिकारीक फेसबुक पेज https://www.facebook.com/PublicNewsAgency मा म्यासेन्जरबाट अथवा www.wetransfer.com मा सिधै भिडियो अपलोड गरी लिंक PNA को फेसबुक म्यासेन्जर अथवा +977-981-7643601 मा Viber अथवा Whatsapp मार्फत् पठाउनु सकिनेछ ।

 

Insert your Ads code here

त्यस्तै नागरिकले आफ्ना कुरालाई @PNANepal मेन्सन गरी र #AbaJanataBolchhan #अबजनताबोल्छन् hashtag को प्रयोग ट्वीटमार्फत पनि राख्न सक्नेछन् । ति जनताका ति आवाजहरुलाई सरकार, सम्बन्धित निकाय तथा स्थानीय सरकारसम्म पब्लिक न्युजले पुर्याउनेछ ।

हरेक नागरिक पत्रकार भन्ने मान्यताको जगमा रही नागरिकबाट प्राप्त अडियो, भिडियो सामाग्रीहरुको संकलन, पुष्टि तथा प्रशारणको नियमित प्रक्रिया नै “अब जनता बोल्छन्”को कार्यक्रमको नियमित श्रोत सामाग्री हुनेछ । हप्ताको ३ दिन शनिबार, सोमबार तथा शुक्रबार राती ८ बजे कार्यक्रम प्रशारण हुनेछ । कार्यक्रममा नेपालमा संक्रमितहरुको विभिन्न ठाउँको अवस्था तथा केन्द्र लगायत स्थानीय सरकारको गतिविधिको प्रभाव, अभाव सहित जानकारी दिइनेछ ।

यहाँ प्रशारण भएका सामाग्रीहरुले जुनसुकै मिडीयाले पनि जनताको आवाजको रुपमा प्रयोग गर्न सक्ने समेत पब्लिक न्युज एजेन्सीले जनाएको छ । आम पाठक बर्गले पठाएका आफ्ना भोगाइसहितका र आफुले देखेका भिडियोहरुले लिएर चाँडोभन्दा चाँडो आउन लागेको पीएनएले जनाएको छ ।

(नोट : पब्लिक न्युज एजेन्सीको बेवसाईट www.publicnewsagency.org फेसबुक पेज https://www.facebook.com/PublicNewsAgency/ र युट्युब च्यानल https://www.youtube.com/channel/UCpSXpz4Io6cmgb6QtZ7uvIQ मा उपलब्ध साम्रागीहरु देश विदेशका जुनसुकै मिडीयाले पनि निःशूल्क प्रयोग गर्न सक्नेछ ।)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!