Loading... आजः शनिबार , श्रावण १२, २०८१

अब रेडियोबाट पनि विद्यार्थीहरूलाई पढाइने


गान्तोक, 13 अप्रेल। राज्यको शिक्षा विभागले विद्यार्थीहरूको हितको निम्ति प्रसार भारतीको सहयोगमा रेडियोबाट विद्यार्थीहरूलई शिक्षा दिने भएको छ। रेडियो संगसँगै राजधानी गान्तोकस्थित एटा स्थानीय केवल च्यानलबाट पनि शिक्षा प्रदान गरिने शिक्षा विभागले निर्णय लिएको विभागीय प्रमुख तथा राज्यका अतिरिक्त मुख्यसचिव जीपी उपाध्यायले बताएका छन्। उनको निजी कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, लकडाउन अवधि हामी विद्यार्थीहरूलाई विभिन्न डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने काम त गरिरहेका छौं तर धेरै ठाउँमा इण्टरनेटको सुविधान नहुनु र धेरै विद्यार्थीहरूको अभिभावकहरूकोमा स्मार्ट फोन नहुनाले गर्दा हामीले अल इण्डिया रेडियो र स्थानीय केवल च्यानलको सहयोग लिने भएका हौं। लकडाउनको म्याद वृद्धिहुने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको उनले बताए। उपाध्यायले अझ भने, राज्य सरकारले सिक्किम बाहिर अध्ययनरत सिक्किमका विद्यार्थीहरूलाई पाँच हजार रुपियाँको दरले आर्थिक सहयोग गर्ने निर्णय लिएको थियो यही निर्णय अनुरूप अहिलेसम्म प्रायः एकहजार विद्यार्थीहरूलाई धनराशी प्रदान गरिसकिएको छ। अन्य तीन हजार विद्यार्थीहरूको आवेदन पनि विभागमा आएको छ यो माथि पनि अहिले जाँच भइरहेको छ। रहल विद्यार्थीहरूलाई पनि चाँडै नै धनराशी प्रदान गरिने छ। मिड डे मिल माथि विभागले लिएको एक महत्वपूर्णकुरामाथी जानकारी दिँदै उनले भने, मिड डे मिल विद्यार्थीहरूको अधिकार हो। त्यसैले सबै विद्यार्थीहरूलाई मिडडे मिलको चामल प्रदान गरिनेछ। विद्यालय बन्द रहेतापनि विद्यार्थीहरूको अभिभावकहरूलाई स्कूलमै बोलाएर बीडीओ मार्फत चामल प्रदान गरिनेछ भने चामल संगसँगै मिड डे मिलको सब्जीमा लाग्ने खर्च नगद राशीको रूपमा विद्यार्थीहरूको अभिभावकलाई प्रदान गरिनेछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!