Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अब लालबजार बिहान 8 देखि 2 बजेसम्म मात्र खुल्ला रहने


गान्तोक २६ मार्च।गान्तोक नगर निगमले राजधानीको प्रमुख सब्जी मण्डी लालबजारमा आएका भीडलाई नियन्त्रित गर्न नयाँ उपायहरू अपनाइरहेका छन्। 25 मार्चको दिनदेखि लकडाउन रहेको राजधानीलाई नियन्त्रणमा राख्न पुलिस बलको प्रयोग गरिएको छ। 25 मार्चको दिन अनियन्त्रित रहेका मानिसहरूलाई नियन्त्रीत राख्नको निम्ति लाल बजार अघि पुलिस प्रसाशन अनि जीएमसी मेयरको उपस्थितिमा पाँच फिटको दूरीमा रातो लाइन कोरी सोसियल डिस्टेन्स मेण्टेन गरिरहेको छ। जीएमसीले एक पटकमा पाँच जना सब्जी किन्नको निम्ति जान दिइने अनि उनीहरू फर्किएपछि मात्र अर्को पाँच जनाको झुण्डलाई पठाउने गरेका छन् भने एउटा दोकानमा एक जनालाई मात्र किन्न दिने प्रावधान गरिएको छ। आजको दिनदेखि लालबजार परिसरलाई पूर्ण रूपमा सेनिटाइज गर्नको निम्ति डिजास्टर मेनेजमेण्टको टोलीले ब्लिचिङ पाउडर आदि लगाएर सेनिटाइज गर्ने गरेको जीएमसीका बजार अफिसर स्याङ्देनले बताएका छन्। उनले भोली 27 मार्चको दिन जीएमसीले रानीपूलदेखि गान्तोकसम्म सेनिटाइज गरिने पनि बताएका छन्। यसरी नै लालबजारको दोकानमा धेर भीड लाग्ने भएको कारण आज दुई बजे अनि भोली बिहान 8 बजेदेखि 2 बजेसम्म खोलिने जानकारी दिएका छन्। उनले लालबजार र एसबीएस एकैठाउँ भएको कारण दुवैलाई एकै समयमा बन्द गरिने पनि जानकारी दिए। अफिसर स्याङ्देनले कुहिने सागसब्जीलाई पहिले बेचेर ढिलो कुहुने सामाग्रीहरू राख्ने अपील गरेको पनि जानकारी दिएका छन्। यस अतिरिक्त उनले लाल बजारका व्यापारीहरूले जीएमसीलाई पूर्णरूपमा समर्थन दिएको र उनीहरूले विभागीय जीएमसीको निर्णयमा खुशी रहेको बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!