Loading... आजः शनिबार , श्रावण १२, २०८१

अब विपद सम्बन्धी दैनिक सूचना सार्वजनिक हुने


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ शुरु गरेको छ। दिनभर कहाँ-कहाँ कस्ता-कस्ता घटना भए, कहाँ-कहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छलगायतका जानकारी उक्त बुलेटिनबाट समावेश गरिने प्राधिकरणले जनाएको छ।

अनलाइन खबरका अनुसार प्रारम्भिक चरणमा हरेक बिहान १० बजे पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने गरिएको र यसलाई अझै विस्तार गर्दै लगिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो। प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा चट्याङका कारण तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। विभिन्न ठाउँमा भएको आगलागीमा परी तीन जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा विपद्का १६ वटा घटना भएको पोखरेलले जानकारी दिनुभयो।

विपद् बुलेटिनमा प्राप्त विवरणअनुसार कोशी, नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाब बढ्नेछ। कर्णाली र महाकालीमा पनि सामान्य उतारचढाव हुने, कन्काई, कमला, वाग्मती, राप्ती, बबईलगायतका नदीहरुमा पनि बहाव बढ्ने जनाइएको छ। प्राधिकरणले त्यस आसपास र सहायक नदीहरुमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । उक्त बुलेटिन राष्ट्रिय विपद् न्यूनीकरण पोर्टल, प्राधिकरणको फेसबुक तथा ट्वीटरबाट समेत सार्वजनिक हुने जनाइएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!