Loading... आजः शनिबार , श्रावण १२, २०८१

अब ८ देशका नागरिकले नेपालमा ‘अन-अराइभल’भिसा नपाउने


आज (मंगलबार)देखि नेपालले कोरोना भाइरसको धेरै संक्रमण देखिएका ८ देशका नागरिकलाई अन-अराइभल भिसा दिन बन्द गरेको छ। अध्यागमन विभागका अनुसार अघिल्लो साता चीन तथा चीन-प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई नेपाल प्रवेशका लागि यो बन्देज लगाइएकामा आजदेखि यसमा तीन देश- स्पेन, फ्रान्स र जर्मनी पनि थपिएको नेपाल खबर अनलाइनले लेखेको छ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिकन आउने उनीहरूलाई विमानस्थल वा अन्य सीमा नाकाबाट अन-अराइभल भिसा दिइने छैन।

अब उल्लिखित ८ देशका नागरिकले नेपाल आउनुपर्ने भए कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ। यसअघि नेपालले १३ देशका नागरिकबाहेक सबैलाई त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सीमा नाकामै ‘अन-अराइभल’ भिसा दिइरहेको थियो।

Insert your Ads code here

पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकहरूले त्रिभुवन विमास्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!