Loading... आजः शनिबार , असार ९, २०८१

अभिभावक पनि सचेत हुनु पर्ने – वडा अध्यक्ष पोखरेल


बर्दिया राजापुर
जेठ २९
राजापुर नगरपालिका वडा नं ४का वडा अध्यक्ष बिदुर पोखरेलले अभिभावकहरुले बच्चाहरुलाई बिद्यालय पठाएर मात्र नहुने पढेको छ छैन त्यस तर्फ पनि ध्यान दिनु पर्ने बताउनु भएको छ ।
आज अमरशहिद श्री दशरथ चन्द माध्यमिक बिद्यालयमा आयोजित कक्षा ९का बिद्यार्थी र अभिभावकहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।


वडाध्यक्ष पोखरेलले बच्चाहरुलाई सुधार गर्न र पठाउन अभिभावकहरुको पनि मनसाय हुन जरुरी रहेको, स्कुल मा झोला बोकेर पठाएरमात्र नहुने स्कुलमा पढेको छ छैन बच्चाहरुले गर्ने क्रियाकलापहरुमा पनि ध्यान दिन जरुरी रहेको शिक्षकले त बिद्यालय समयमात्र पठाउने गरेकोले अन्य समयमा सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

राजापुरनगरपालिकाले बार्षिनी ७ करोड ९ लाख बराबर बिद्यालयमा नि शुल्क शिक्षाका लागि खर्च गर्ने भएको त्यो रकम नगरपालिकाको मात्र नभई तपाई हामी सबैको भएकाले त्यो रकमलाई उपलब्धी गराउन अभिभावकहरुले बच्चाहरुलाई राम्रो बनाउन ध्यान दिन जरुरी रहेको बताउनु भएको छ ।

Insert your Ads code here

कार्यक्रममा बिद्यालयमा प्रअ सरोज झा लगायत शिक्षक, अभिभावक र बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!