Loading... आजः शनिबार , श्रावण १२, २०८१

अमेरिकाको सहयोग पनि नेपालले लिनसक्छ: राजदूत हाेउ याञ्छी


चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट सहयोग लिने/नलिने विषयमा नेपालले आफै निर्णय लिनसक्‍ने बताउनुभएको छ।

चिनियाँ दूतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यान्छीले भन्नुभयो र ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई माथि लैजान सक्छ। त्यही क्रममा अमेरिकाको सहयोग पनि नेपालले लिनसक्छ। तर यो नेपालको आफ्नो हितमा हुनुपर्छ। यसमा नेपाल स्वतन्‍त्र छ। यो विषयलाई अन्यथा लिन मिल्दैन।’

उहाँले नेपालको विकासका लागि अन्तराष्ट्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै भन्नुभयो ‘नेपालले आफ्नो आवश्यकताअनुरुप सहयोग लिन मिल्छ, लिनसक्छ।’ एमसीसीबाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय गर्नसक्ने बताउँदै उहाँले भन्नुभया ‘नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्छ। चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन। कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तराष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ।’

Insert your Ads code here

राजदूत यान्छीले नेपाल र चीनको सम्वन्ध मित्रतमा मात्र नभइ विश्वासमा अडेको बताउनुभयो। उहाँले नेपालको विकास यात्रामा चीन सधै सहकार्य गरेर अघि बढ्न चाहेको स्पष्ट पार्दै दुवै मुलुकका राष्ट्रपतिबीचको भ्रमणपछि दुईपक्षीय सम्बन्ध थप उचाईमा पुगेको बताउनुभयो। सन् २०१९ मा नेपाल-चीन सम्बन्ध चौतर्फी क्षेत्र समेट्दै उचाइमा पुगेको विश्वास व्क्त गर्दै भन्नुभयो ‘राजनीति, अर्थतन्त्र, व्यापार, बाणिज्य र जनस्तरको सम्बन्धमा समेत तीव्र विकास भइरहेको छ।’

उहाँले नेपाल चीन सम्बन्धमा त्रिपक्षीय साझेदारी पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। उहाँले चीन, नेपाल र भारतबीच त्रिपक्षीय सहकार्यलाई नै टु प्लस वान (दुई जोड एक) मोडलको रुपमा अघि बढाएको पनि बताउनुभयो। यो ‘टु प्लस वान’ भनेको त्रिपक्षीय सहकार्य नै रहेको पनि प्रष्ट पार्दै भन्नुभयो ‘व्याख्या जे गरेपनि यसको चुरो त्रिपक्षीय सहकार्य नै हो। भारत र चीनले नेपाललाई यसो वा उसो गर भन्दै निर्देशन दिन सक्दैन तर नेपालले स्वतन्त्र रुपमा आफ्नो धारणा राख्‍न सक्छ।’

उहाँले यसमा नेपालले अपनाउने मोडल के हो भन्‍नेबारेमा आफै स्पस्ट हुनुपर्ने बताउनुभयो। यो विषय गत असोजमा सी चिनफिङको नेपाल भ्रमण क्रममा उठेको थियो। उहाँले भारत भ्रमण गरेर नेपाल आउँदा त्यो विषयमा भारतमा पनि छलफल भएको सुनाउनुभएकाे थियो। प्लस वानमा रहँदा नेपालको हैसियत घट्ने भन्दै प्रधानमन्त्री केपी ओलीले त्रिपक्षीय बाहेक अन्य छलफल गर्न नसकिने बताउनुभएको थियो।

उहाँले नेपाल र चीनबीच भएका सहमतिलाई अघि बढाउने विषयमा धमाधम काम भइरहेको बताउनुभयो। पछिल्लो चरणमा सडक र सुरुङमार्ग निर्माणपछि रेल मार्ग बन्‍ने र त्यसका लागि रेलमार्गको अध्ययन अघि बढिरहेको पनि बताउँदै उहाँले भन्नुभयो ‘यो जटिल कार्य हो। तर यसलाई चिरेर अघि बढ्ने छौं। प्रक्रिया अघि बढेको छ। सीमावारपार हिमालयन सहकार्य अघि बढ्नेछ। यसको आधार सडक सुरुङ र रेल नै हो। यो वर्ष हवाई संजालमा पनि विकास भएको छ।’

पर्यटक भिसामा नेपाल आएर गैरपर्यटकीय गतिविधिमा संलग्‍न हुनेलाई कानुनी दायारामा ल्याउन नेपाल प्रहरीलाई सूचना र सहयोग प्रदान भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘यो सहकार्य निरन्तर जारी रहन्छ।’

पक्राउ परेका अहिले छानबिनको क्रममा हिरासतमै छन्। कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न हुनेहरुलाई आपसी सहकार्य गरेर एक अर्कालाई साथ दिनुपर्ने बताउनुभयो। उहाँले हङकङ र सिन्‍जीयाङको मुद्दा चीनको आन्तरिक विषय भएकोले यसमा बाहिरी चासो आवश्यक नभएको बताउनुभयो। उहाँले भन्नुभयो यसलाई पश्‍चिमाले उचाल्न खोजिरहेका छन्। यो गलत हो।’

राजदुत होउले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको तथा त्यहाँको सहकार्यमा अमेरिकासँग पनि चीन साथमा रहेको उदाहरण दिनुभयो। उहाँले भेरी वबइमा नेपालको लगानीमा चिनिया ठेकेदार र अमेरिकी प्रविधि उपयोग भएको पनि अर्को त्रिपक्षीय उदाहरण पनि दिनुभय।

पछिल्लो समय चिनियाँ राजदूतको राजनीतिक सक्रियता बढेको हो कि भन्‍ने जिज्ञासामा उहाँले भन्नुभयो’ त्यो हल्ला कताबाट भयो, गलत हो। म पुरै कार्यकाल काम गरेर फर्किने हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!