Loading... आजः शनिबार , श्रावण १२, २०८१

अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या ५० लाख भन्दा बढी


अमेरिकाबाट प्रकाशित सबभन्दा पछिल्लो तथ्याङ्क अनुसार, अगष्ट ९ तारिखसम्म अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या ५० लाख ५० हजार भन्दा बढी पुगेको छ। तीमध्ये मृत्यु भएको संख्या १ लाख ६२ हजार पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या विश्वमा संक्रमित कूल संख्याको २५ प्रतिशत पुगेको छ र विश्वमा महामारीबाट मृत्यु भएका संख्या सबभन्दा बढी भएको मुलुक अमेरिका बनेको कुरा अमेरिकी सी.एन.एन.ले जनाएको छ। यसको अर्थ हरेक ६६ जना अमेरिकीमध्ये एक जना संक्रमित भएको रोयटर्सले जनाएको छ।

अमेरिकामा महामारी गम्भीर अवस्थामा पुगेता पनि सरकारले महामारी प्रतिरोध गर्ने क्षेत्रमा गरेको काम अपुग भएको ठहर अमेरिकी बेलर कलेज अफ मेडिसेनका प्राध्यापक एवं ट्रपिकल मेडिसिन विभागका प्रमुख पिटर वर्डजले गर्नु भएको छ। अहिलेको निर्णायक विषय के हो भने के भइरहेको छ र के कस्तो गर्नुपर्छ भन्ने कुरा संघीय सरकारले बतायो भने महामारी समस्या नहुने प्राध्यापक पिटरले बताउनुभयो।

Insert your Ads code here

बिल गेड्सले दिएको अन्तर्वार्तामा भन्नु भएको छः महामारीको शुरूमा अमेरिकाले गरेका विभिन्न किसिमका गल्तीहरू र अमेरिकामा राजनीतिक कारक तत्वको कारणले भाइरसको जाँच परीक्षण काममा महत्व दिइएको छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!