Loading... आजः शनिबार , श्रावण १२, २०८१

अमेरिकालाई चीनले गर्याे एक हजार भेन्टिलेटर सहयोग


कोरोना महामारीबाट अति प्रभावित रहेको अमेरिकाका लागि चीनले एक हजार भेन्टिलेटर सहयोग गरेको छ।

न्युयोर्कका गभर्नर एन्ड्र्यू कुमोका अनुसार अमेरिकाको कोरोना प्रभावित सहरमध्ये एक न्युयोर्कका लागि चीनले सहयोग पठाएको हो। यद्यपि उक्त सहयोग उपलब्ध हुने प्रक्रियामै रहेको बताइएको छ।

अमेरिकालाई यसअघि रुसले पनि सैन्य जहाजमार्फत मास्क लगायत थुप्रै मेडिकल उपकरण सहयोग गरेको थियो। अमेरिकामा अहिलेसम्म ३ लाखजनामा संक्रमण भेटिसकेको छ। यस्तै झण्डै ८ हजारको मृत्यु भएको छ।

Insert your Ads code here

जुन संख्या आगामी सातामा अनपेक्षित रुपमा बढ्ने भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पले चेतावनी दिएका छन्। यसवाहेक अमेरिकामा पछिल्ला सातामा बेरोजगारी समस्या बढ्न थालेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!