Loading... आजः शनिबार , श्रावण १२, २०८१

अमेरिकालेे नेपाललाई अफगानिस्तान, इराक बनाउन खोज्दैछ: नेता सीपी गजुरेल


नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा, नेकपा (संयुक्त), जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषद्ले काठमाडौें डिल्ली बजारको भोजन गृहमा विभिन्न देशभक्त तथा राष्ट्रवादी बुद्धिजीवी, पत्रकार तथा स्वतन्त्र व्यक्तिहरुसित सहकार्यात्मक अन्तक्र्रिया गरेको थियो ।

सबै वक्ताहरुले ‘यो देशभक्तिपूर्ण आन्दोलन हो, यसमा आउने सबै देशभक्त स्वाभिमानी व्यक्तिहरु र उनीहरुद्धारा संगठित संघ संस्थाहरु सबैलाई गोलवन्द गरेर देशमा एउटा देशभक्तिपूर्ण आन्दोलनको आँधीबेहरी सिर्जनाको आवश्यकता छ’ भन्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रम को अध्यक्षता देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलद्वारा गरिएको थियो । उक्त अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्षको रुपमा कार्यक्रमलाई सुरुवात गदैृ उनले भने “नेपाल अहिले जटिल अवस्थामा गुज्रीरहेको छ र अहिले दुईवटा जटिलता छन्— प्रथम भारतले आफ्नो विस्तारवादी नीतिकायम राख्दै नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमण गरेको छ, सेना राखेको छ आफनो नक्सामा यी भूभाग गाभेर नक्सा प्रकाशित गरेको छ । अर्को अमेरिकाले पेन्टागनले तयार पारेको परियोजनालाई नेपालको संसदवाट पास गर्ने र नेपाललाई फेरी एक पटक अफगानिस्तान, इराक बनाउन खोज्दै छ । यसरी नेपालको राष्ट्रिय स्वाधिनताको र सार्वभौमिताको रक्षा अहिले केन्द्रीय प्रश्न भएको छ । विचार मिल्नेहरुका बीचमा मोर्चा बनाएर थप्दै जाने र आ—आफना ठाउँबाट यो विषयलाई अगाडि बढाउने र आपसमा एकतावद्ध भएर जाने र सशक्त बनाउने हो । यो घडीमा हाम्रा बिचका मतभेद र भिन्नतालाई अगाडि नराखी मूल मुद्दालाई लिएर एकताबद्ध बनौ ।

Insert your Ads code here

यसलाई जोड दिंदै उनले भने—̎ गत ११ गते बसेको बैठकले अब १० दलमात्रै नबडौ सबैलाई एकतावद्ध गरेर जाऔ भन्ने स्प्रीटले यो अन्तरक्रिया आायोजना गरिएको हो । र साथै संघर्षको रुप परम्परागतबाट माथि उठेर नयाँ रुपमा सोचौ भन्ने पनि हो । एकताको दायरालाई फराकिलो पार्दै संघर्षको रुपेलाई पनि बदल्दै अगाडि जान जरुरी छ ।”

उक्त कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले जोड दिए– एमसीसी संशोधन होइन खारेज नै गर्न पर्छ । यो सरकारले तुरुन्त नेपालको वास्तविक र सही नक्सा प्काशित गर्नुपर्छ । आलटाल गरेर होइन । तीन करोड नेपालीको एउटै मुद्दा हो । प्रगतिशील जागरण अभियानका रविन्द्र श्रेष्ठले ५५ अर्ब चहिदैन, त्यसमा देश बेच्न पाइदैन एमसीसी खारेज गर्नै पर्छ र तपाईँ दलहरु अगाडि आउनुस्, हामी त्यसमा सक्रियातापूर्वक सहभागी रहने छौ’ प्रतिवद्धता व्यक्त गरे ।

बरिष्ठ पत्रकार भैरव रिसालले म ९२ वर्षको मान्छे शरीरले नदिए पनि यो देशभक्तिपूण आन्दोृलनमा मेरा भाका यहाँहरुको आन्दोलनको पछिपछि छ । २०१८ सालको जनगणना मैले गराएको हो अतिक्रमित भूमिमा र अहिलेको अवस्था आउनमा नेपालको अनुपस्थिति मूल कुरा हो । खाली ठाउँ भर्ने भारतले सेना लिएर अहिले आएको होइन । विगतलाई सम्झदै उनले भने मैले कृतिनीधि विस्ट जसले नेपालको उत्तरी सिमानाबाट १८वटा चेकपोक्ष्ट हटाएर महान कार्य गरेका थिए । उनलाइृ मैैले सोधेको थिए तपाइले किन कालापानीबाट भारतीय सेना हटाउनु भएन । उत्तरमा उनले महेन्द्रले तत्काल भारत चीन सित हारेको छ, अहिले नै भन्दा चीनको पक्ष लिएको भन्ने हुन्छ, कृेही समय आँखा चिम्लेको भनेका थिए र त्यही नै अहिलेको समस्या भयो । टिंकर समम जाने १४० किमिको वाटो १२ वर्षमा ११वटा सरकार बने तर त्यसवारे खासै प्रगति भएको छैन उनले भने ।


अहिले भारतले त्यहाँका जनतालाई सबै खाले सुविधा दिएको छ तर नेपाल सरकारले एक मुठी चामल पनि दिन सकेको छै न । हाम्रो आफुनो भूमिमा सुरक्षा चौकी मात्रै भएपनि यो हालत हुने थिएन । प्रथम नक्सा निकाल्ने, दोस्रो त्यो क्षेत्रमा आफनो उपस्थिति जनाउने । म नेपाली भएको नाताले मेरो भूमि कति हो भनेर सोध्ने अधिकार मलाइृ छ कागजको नक्सा र भूमि दुवै चाहिन्छ । एमसीसीवारे उनले भने यो नेपालको संविधान र कानुन भन्दा माथि छ, न्युवोर्कको कानुन लागु हुन्छ । झलनाथ खनाल नेतृत्वको समितिले समेत यसो भनेको छ । पितापूर्खाले यो देशलाइृ बचाएर ल्याए, त्यसपछिको काम हाम्रो हाम्रा सन्ततीलाई एउटा सार्वभौम स्वतन्त्र देश नेपाल हस्तान्तरण गर्ने । उनले सुझाव दिए कि यसलाई निभ्न नदिनुहोस, सेलाउन नदिनुहोस, उजागर पारिराख्नुस लेखेर बोलेर जे गरेर भएपनि यसलाई निरन्तरता दिनुहोस । उनले थपे।

उक्त कार्यक्रममा कर्णाली बचाउ अभियानका अभियन्ता भरत शाही, वामपन्थी नेता घनश्याम पौडेल, प्रलेसका उपमहासचिव आरसि न्यौपाने, नेकपा मालेका पिविएम कृष्ण राना, नेपाल सर्वहारा माओवादी पार्टी अध्यक्ष भावना विद्रोही, एमसीसी खारेज अभियानका संयोजक नारायण शर्मा र नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पनि आ—आफना भनाइहरु प्रस्तुत गरेका थिए ।

अन्त्यमा सभाका अध्यक्षको रुपमा सीपी गजुरेलले यो अन्तरक्रियाले के स्पष्ट पारेको छ भने हामी एकतावद्ध भएका छौ भन्ने स्पष्ट भयो । जति पनि वक्ताले मत राख्नु भयो, यो शक्तिले अब हामी नेपाली जनतालाई एकताबद्ध राख्नेमा विश्वास भएको छ । आगामी कार्यक्रम यहि फागुन २६ गते सांसदहरुलार्इृ संसद भवन प्रवेश गर्न दिन हुन्न हामीले प्रत्येक सांसदलाई चिठीपत्र पठाइ सकेका छौं । हातहातमा पत्र पुगेको छ, खबरदार तपाईंहरुले आफनो हातबाट नेपाललाई इराक र अफगानिस्तान नबनाउनुहोस् । भारतबाट अतिक्रमित फिर्ताका लागि पहल गर्नुहोस् । राष्ट्रघात र जनघातका विरुद्ध तपाईंहरुले जनताको पक्षमा बकपत्र दिनै पर्छ । देशभक्त जनताको शक्तिशाली आगामी आन्दोलनका अगाडि सबै खाले प्रतिक्रियावादीहरु परास्त भएरै छाडने छन् । सबै खालका आन्दोलन भएका छन् । मूल एजेण्डा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा नै हो । अन्त्यमा उहाँले जोड दिएका थिए ।

राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गरांै । भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउन र एम.सी.सी.सम्झौता खारेज गरौं भन्ने मूल नाराका साथ आयोजित सहकार्यात्मक अन्तरक्रिया कार्यक्रमको संचालन राजमोका घनश्याम न्यौपानेले गरेका थिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!