Loading... आजः शनिबार , श्रावण १२, २०८१

अमेरिकी डलरको भाउ उच्चविन्दुमा पुग्दा नेपाली रूपैयाँको भाउ कमजोर


अमेरिकी डलरको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ। शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो। अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर बनेको छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको कारोबार अनलाइनमा खबर छ।

एक वर्षको अवधिमा नेपाली अमेरिकी डलरबाट १० रुपैयाँभन्दा धेरैले बढेको छ । आजभन्दा ठ्याक्कै एक वर्ष अघि २० मार्च २०१९ मा एक अमेरिकी डलर खरिदका लागि ११० रुपैयाँ ६६ पैसामात्रै तिर्नु पर्थो । अहिले भाउँ बढेर १२० रुपैयाँ माथि पुगेको हो । कोरोना भाइरसको असर यतिबेला विश्व अर्थतन्त्रमा नै असर परेको छ ।

हालै एशियाली विकास बैंकले सार्वजनिक गरेको रिपोर्टले कोरोनाका कारण विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा ०.४ प्रतिशतसम्म असर पार्ने देखाएको छ । कोरोनाले ३ खर्ब ४७ अर्ब डलरसम्म विश्व अर्थतन्त्रमा असर पार्ने प्रतिवेदनमा उल्लेख छ । जीडीपमा असर पर्ने त पक्का छदैछ, के अहिले डलर महंगिदै जानुका कारण पनि कोरोना नै हो त ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट कच्चा पेट्रोलियम पदार्थको माग कम हुँदाको असर अमेरिकी डलरमा परेको बताउनुहुन्छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!