Loading... आजः शनिबार , श्रावण १२, २०८१

अमेरिकी विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीबिच टेलिफोन संवाद


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोन संवाद गर्नुभएको छ। संवादका क्रममा दुई मन्त्रीले कोभिड–१९ महामारीको विरूद्धको अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गर्नुभयो। दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबिचको विकास साझेदारीको महत्वबारे पनि छलफल गरेको जनाइएको छ।

मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिनुभयो। दुवै पक्षले कोभिड–१९ पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे ।

Insert your Ads code here

वार्ताको क्रममा पोम्पेओले एमसीसीका सम्बन्धमा चासो व्यक्त गरेको पनि जनाइएको छ। एमसीसीलाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद चुलिएको र पारित गर्नु पर्ने समय सीमा घर्किँदै गएको अवस्थामा अमेरिकी विदेश मन्त्रीले परराष्ट्र मन्त्रीसँग चासो व्यक्त गरेको देशसंचार अनलाइनमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!