राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको छ।
मौजुदा मन्त्रिपरिषद्का सदस्य डा. खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ। अाज बसेकाे मन्त्रीपरिषदकाे बैठकले पार्टी उपाध्यक्ष वामदेव गाैतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने विश्वास गरिएको भए पनि उक्त अजेण्डाले मन्त्रीपरिषद बैठकमा प्रवेश नै पाएन। हिजो बसेकाे पार्टी केन्द्रीय सचिवालय बैठकमा वामदेव गाैतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको पुरानो निर्णय कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्रीले शुरुमा नै सम्बाेधन गरेकोले अाज सिफारिस गरिने विश्वास गरिएको हो। केहीले अर्थमन्त्रीले राजीनामा दिएपनि डा. खतिवडालाई अार्थिक सल्लाहकार नियुक्त गरेेर घुमाउरो बाटोबाट अर्थमन्त्रालय चलाउन दिने योजना प्रधानमन्त्रीले बुनिरहेकाे अाशंका गरेका छन्।