Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अलकेम औषधी कारखानाको कन्टेनमेन जोनबाट भाग्यो 29 जना कर्मचारी


गान्तोक, 13 अगस्त। कोरोना पोजेटिभ भेटिएपछि कन्टेनमेन जोन घोषणा गरिएको दक्षिण सिक्किमको समरदुङको अलकेम हेल्थ साइन्स प्राइभेट लिमिटेड औषधी कारखानाबाट 29 जना कर्मचारीले सुइकुच्चा ठोकेका छन्। उनीहरू पर्खाल नाघेर गएका छन्। गत 11 अगस्तदेखि 20 जना कर्मचारी हराएको नाम्चीका एसडीएम चिरण रिजालले सूचित गरेका थिए। तर उक्त विषयमा विस्तृतमा जानकारी लिँदा 20 जना नभएर 29 जना कर्मचारी हराएको पुष्टि भएको छ। कन्टेनमेन्ट जोनबाट कसरी उनीहरू बाहिर निस्केर भाग्न सफल भए गम्भीर प्रश्न उठेको छ। नाम्ची थानामा भारतीय दण्ड संहिताको धारा 188/269/270/34 अनि आपदा प्रबन्धन ऐन 2005 को धारा 51(1) (बी) अऩ्तर्गत मामिला दर्ता गरिएको छ। यसका साथै घटनाबारे विस्तृत छानबिन गरिरहेको पुलिस सूत्रले बताएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!