Loading... आजः बुधबार , माघ ९, २०८१

अलपत्र नेपाली नेपाल प्रवेशका लागि दशगजामा धर्ना


घर फर्किने आशामा भारतको कोरोना प्रभावित विभिन्न सहरबाट आएर बेलहिया नाकामा रोकिएका नेपाली दशगजामा धर्नामा बसेका छन्। घर जान पाउनुपर्ने भन्दै उनीहरु नेपाल भारतको दशगजामा धर्नामा बसेका हुन्।

सरकारले नेपाली नागरिक जहाँ छन् त्यही सुरक्षित बस्न आग्रह गरेपनि आउने क्रम रोकिएको छैन। तीन दिनमा गरी करिब चार सयको हारहारीमा सीमानामा पुगेका नेपाली अलपत्र परेका छन्। केही आफ्नो जुगाडले आए भने अधिकांश उत्तर प्रदेश सरकारले दिल्लीबाट आफ्ना नागरिकलाई उद्दार गरेर ल्याउन पठाएको बसमा आएका छन्।

दुई दिनदेखि सीमावर्ती भारतीय बजारमा बसेका नेपालीलाई भारतको सुनौलीका स्थानीय, प्रहरी र नेपालको बेलहियाका स्थानीय बासिन्दाले खानाको जोहो मिलाइ दिएका छन्। नाकामा रोकिएका नेपाली सर्वसाधरण सोमबार राति एकै साथ नेपाल प्रवेश गर्न खोजेपछि नेपालतर्फ तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई रोक्दा धकेलाधकेल भएको थियो।

Insert your Ads code here

सोमबार राति साढे ११ बजे सीमावर्ती भारतीय जिल्ला महाराजगंजका डीएम (प्रमुख जिल्ला अधिकारी), एसपी सीमाना पुगेर भारतीय बजारमा व्यवस्था गरिएको स्थानमा गएर सुत्न आग्रह गरेका थिए। तर, भारतमा पुनः गएपछि नेपाल फिर्ता जान नसक्ने त्रासका कारण उनीहरु रातीदेखि दशगजामा धर्ना बसेका छन्।

राती सुत्नका लागि नेपाल प्रहरीले बिछ्याउन साम्रगी र भारतीय प्रहरीले ओढ्न साम्रगी दिएको थियो ।दिल्लीको कपडा उद्योगमा काम गर्ने अर्घाखाँची मालारानी ३ का सुनिल खनालले दिल्लीमा खान बस्न समस्या परेपछि घर फर्किन आशामा आएर सीमामा अलपत्र परेको बताए।

अलपत्र परेका नागरिकको अहिले शरीरको तापक्रम नापजाच सहित ठेगाना विवरण संकलन गर्ने काम भइरहेको छ। खानाको प्रबन्ध रहेपनि यहाँ खाना बस्न समस्यै रहेको उनले सुनाए। ‘हामीहरु दुई दिनदेखि यहाँ अलपत्र अवस्थामा छौँ, सरकारलाई वास्ता छैन,’ उनले भने, ‘आफ्नो नागरिकको उद्दार गरेर सरकारले भित्रयाउनुपर्छ। हामीहरु १४ दिन क्वारेन्टाइनमा बसेर घर जान तयार छौँ।’

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले नाकामा रहेका सर्वसाधरणहरुलाई मुलुकमा भित्रयाउनुका लागि हालसम्म निर्देशन नआएको र उनीहरुलाई भित्रयाउनुका लागि आन्तिरक तयारीमा जुटेको बताए।

प्रदेश नम्बर पाँच सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी खानपिनको व्यवस्था निर्णय गरेको थियो। तर, मंगलबार साढे एक बजेसम्म उनीहरुलाई मुलुक प्रवेशको अनुमति दिइएको छैन, यो समाचार अन्नपूर्ण पाेष्ट अनलाइनमा छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!