Loading... आजः शनिबार , श्रावण १२, २०८१

अलैंची निकासी सहज बनाउन माग


अलैंची निकासीको बिल समायोजनको माग राख्दै नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, वाणिज्य मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की, उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्कालगायतको टोलीले मन्त्रीलाई ज्ञापनपत्र बुझाएको कारोबार अनलाइनले लेखेको छ।

“नेपाली बजारमा प्रतिकोलो ४ सय रुपैयाँमा बिक्री गरेको अलैंचीको बिल न्यूनतम ५ सय भारतीय रुपैयाँको नदिएसम्म भारतीय भन्सारले अलैंची निकासी गर्न दिँदैन” अध्यक्ष कार्कीले भन्नुभयो, “एक केजी अलैंची निकासीको बिल ५ सय भारु रुपैयाँ तिर्नै पर्ने बाध्यकारी नियम भारतीय पक्षले लगाएको छ।” विगत तीन वर्ष अघिदेखि लगाइएको उक्त नियम खारेजीको पहल गरिदिन मन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष कार्कीले बताउनुभयो।

“यसले नेपाली कृषकदेखि व्यापारी मारमा छन्” अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले भन्नुभयो, “तीन वर्ष अघिदेखिको यो नियम समायोजनको माग राखेर महासंघ डेढ वर्षदेखि सरकारलाई गुहारी राखेका छौँ, सुनुवाइ भएको छैन।” यस अघि पनि मन्त्री भट्टलाई यो विषयमा ध्यानाकर्षण गराएपनि कार्यान्वयन नभएको भट्टराईले बताए। यो नियमले व्यवसायी धेरै मारमा रहेको भट्टराई बताउनुहुन्छ

Insert your Ads code here

भारतमा अलैंची निकासी गर्दा गुड सेल्स ट्याक्स ५ प्रतिशत तिर्नु पर्ने नियम छ। कम मूल्यमा बेचेको सामानको बढीको बिल दिनु पर्दा रकम बैंक दाखिला गर्दा अलैंची व्यवसायीले समस्या भोगिरहेका छन्। व्यवसायीले सरकारलाई कर छलेको जस्तो देखिएपछि भन्सार मूल्य समायोजन गर्नुको बिकल्प नरहेकाले सरकार गुहार्नु परेको महासचिव भट्टराई बताउनुहुन्छ। अहिले प्रतिकेजी नेपाली ८ देखि १० रुपैयाँ बढी कर भारतीय पक्षलाई तिर्नु परेको भट्टराईले बताउनुभयो।

विगतमा प्रतिकिलो ८ सय देखि १२ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो। अहिले मूल्यमा गिरावट भएर ३ सय ८० देखि ४ सय रुपैयाँ कायम भएपछि मूल्य समायोजनको माग नेपाली पक्षले उठाएको हो। तर, भारतीय पक्षले माग सुनुवाइ नगरेको महासंघका पदाधिकारीको गुनासो छ। मूल्य समायोजन नगर्ने भारतीय अडानका बाबजुद पनि यसपटक अलैंची निकासीमा वृद्धि भएको छ।

गत आर्थिक वर्ष (२०७६-०७७) मा मेची भन्सार कार्यालय काँकरभिट्टाबाट सबैभन्दा धेरै अलैंची निर्यात भएको छ। मेची भन्सारबाट ३ अर्ब ९० करोड ९२ लाख ७३ हजार १ सय ४८ रुपैयाँ बराबरको अलैंची निर्यात भएको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्ष ३ अर्ब ८२ करोड रुपैयाँको अलैंची निर्यात भएको थियो। यस वर्ष कोरोना महामारीका कारण केही अलैंची निर्यात गर्न बाँकी रहेको व्यवसायी बताउँछन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!