Loading... आजः आइतबार , बैशाख १४, २०८२

अवकाश प्राप्त र बिद्यालयलाई योग्दान पुराएका शिक्षकहरुलाई सम्मान


 

२१ असोज,बर्दिया/ राजापुर 

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय राजापुर नगरपालिका वडा नं २ र युवा सशक्तिकरण समाज राजापुर नगरपालिका वडा नं २ले सयुक्तरुपमा बुधबार बडादशैको अवसरमा शिक्षक सम्मान कार्यक्रम गरेको छ ।

Insert your Ads code here

“शिक्षकको सम्मान गरौं, सामुदायिक शिक्षाको स्तर उकासौ” भन्ने मुल नाराका साथ दशै भेटघाट तथा शिक्षक सम्मान कार्यक्रम भएको हो । बालाबजार व्यवस्थापन समितिको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय मावि नयाँगाउँ र राजापुर नगरपालिका वडा नं. २ को संयुक्त समन्वयमा “युवा सशक्तिकरण समाज नेपालको आयोजनामा “दशै भेटघाट तथा शिक्षक सम्मान” कार्यक्रम सम्पन्न भएको हो । युवा सशक्तिकरण समाज नेपालकी अध्यक्ष सनिशा कुमारी थारु र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र चौधरी  को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरी, विशेष अतिथि राजापुर नगरपालिका वडा नं. २ वडा अध्यक्ष धरनिधर थारु रहनुभएको थियोे ।

कार्यक्रममा राजापुर नगरपालिका वडा नं. २ मा रहेको सम्पूर्ण विद्यालयका निरन्तर शिक्षकहरु, अवकाश प्राप्त शिक्षकहरु, योगदान दिई सरुवा भएका शिक्षकहरुलाई युवा सशक्तिकरण समाज नेपाल को तर्फबाट र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयराजापुर २ नयाँगाउले अवकाश प्राप्त,शिक्षकहरुलाई सम्मानपत्र दोसल्लाले सम्मान गरिएको थियोे ।

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!