Loading... आजः मंगलबार , भाद्र २५, २०८१

अवसरको खोजीमा सोनाहा जातीको पहिलो गायीका सन्जिना सोनाहा भिडियो सहित


बर्दिया राजापुर
      सानै उमेर देखी गायक बन्ने सपना देखेकी बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं १ दौलतपुरकी १६ बर्षय सन्जिना सोनाहा छोटो समयमै गायन क्षेत्रमा चर्चा बटूल्न सफल भएकी छिन् ।
       संगित नै मेरो रुची भएको बताउँ ने सोनाहा जातीकी १६ बर्षय सन्जिना सोनाहाले आफ्नो १५ बर्षको उमेरमा थारु गित पायल मे बजाएम छैला मे बजाएम मे तुहर दिवाना गित गत बर्ष नै सार्वजनिक भइसकेको थियो ।

१६ बर्षय सन्जिना भन्छीन मलाई गित आउने रुची धेरै छ तर अवसर नै पाएको छैन ,आफुले सोनाहा जाती कै बोलमा गित गाउने रहर भएको बताउँदै गायन क्षेत्रमा धेरै नै रुची छ अवसर पाए थारु नेपाली गितहरु पनी गाउने बताए । गाउ समाजमा हुने सभा समारोहमा उनले गितहरु गाउने गरेकी छिन् । उनलाई आज भोली लोपोमुख अल्पसख्य सोनाहा जातीको नव प्रतिभा गायकाको रुपमा पनि लिने गरिन्छ ।

कर्णाली नदीमा सुन चाल्ने, सुन चालेर जिबिको पार्जन गदै आइरहेका सोनाहा जातीलाइ राज्यबाट पाउनु पर्ने अधिकार नपाउदा आफुलाइ धेरै दुख लाग्ने गरेको बताउदै अब गायन क्षेत्रबाट आफु र आफ्नो जातीको पहिचान स्थापित गर्ने नव गायका सन्जिना सोनाहा बताउदछीन् ।
उनले नेपाली गितहरुमा पनि स्टेज तथा अन्य कार्यक्रममा आफ्नो स्वरद्धारा गित गायर मोहीत गर्ने गरेकी छन् ।

 

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!