Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

असम राइफल्सको अपरेशन नमस्तेले अगरतलामा राहत वितरण


अगरतला, 18 अप्रेल। असम राइफल्सको जवानहरूले त्रिपूराको अगरतलामा अपरेशन नमस्ते कार्यक्रम अन्तर्गत राहत सामाग्री वितरण गरेको छ। पुश्चिम त्रिपुरामा स्थानीय प्रशासनसित मिलेर असम राइफल्सका जवानहरूले आम मानिसलाई राशन अनि पुनः प्रयोग गरिने मास्क वितरण गरेको छ। अगरतलाको अन्भेषा अनाथालय, श्रीमा रोटी फाउन्डेशनलाई असम राइफल्सको 21 सेक्टर आइजीएआर (इस्ट)ले अपरेशन नमस्ते अन्तर्गत कोविड 19 को महामारीमा स्थानीय मानिस अनि बाल बालिकालाई सहयोग पुऱ्याएको छ। असम राइफल्सले यो लकडाउनको समय पुऱ्याएको सहयोगको स्थानीय अनि प्रशासनले समेत सराहना गरेको छ। जवानहरूले उपस्थि बाल बालिकाहरूलाई थर्मल स्क्यानरको प्रयोग गरेर कोविड 19 को संक्रमणबारे जानकारी पनि लिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!