Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

असम सरकारले भाई टिकामा गऱ्यो सरकारी विदा घोषणा, अनेसासलाई 3 करोड़ रूपियाँको अक्षय कोष प्रदान


गुवाहाटी, 3 जनवरी। असमका गोर्खाहरूको लामो समयदेखिको मागलाई स्वीकार्दै असम सरकारले भाई टिकाको दिन सरकारी विदा घोषणा गरेको छ। असम सरकारका प्रभावशाली मन्त्री तथा नर्थ इष्ट डेमोक्रेटिक एलायन्सका संयोजक डॉ.हिमन्त विश्वशर्माले आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन्।

केही दिन अघि असम गोर्खा सम्मेलन, अखिल असम गोर्खा छात्र संघ र अन्य गोर्खा संगठनहरूसित असम सरकारको एउटा महत्वपूर्ण बैठकमा गोर्खाहरूको महान चाड तिहारको अवसरमा भाई टिकाको दिन सरकारी विदा दिनुपर्ने माग गरिएको थियो। उक्त बैठकमा असमका मुख्यमन्त्री सर्वनन्द सोनोवालले यो मागको चाँडै सुनुवाई गरिने बचन दिएका थिए। यसैक्रममा आज असम सरकारका वित्तमन्त्री डॉ. विश्वशर्माले भाई टिकालाई सरकारी विदा घोषणा गरे। यसैगरि यही साता भित्र गोर्खा उन्नयन परिषदको गठन गरिने उनले जानकारी दिए। उल्लेखनीय छ असमका लगभग 20 लाख गोर्खा जनसंख्याको विकासको निम्ति परिषद गठन गरिने र छुट्टै वित्तीय व्यवस्था पनि रहने छ।

अर्कोतिर गत 31 डिसम्बरको दिन असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले असम नेपाली साहित्य सभा (अनेसास)लाई अक्षय कोष अन्तर्गत 3 करोड़ रूपियाँ दिने घोषणा गरेको थिए भने 50 जना असमेली नेपाली साहित्यका नवोदित लेखकहरूलाई 50-50 हजार रूपियाँ गरेर अनुदान प्रदान गर्ने पनि घोषणा गरेका थिए। असम नेपाली साहित्य सभाले यो धनराशी आगामी मार्च महिनामा प्राप्त गर्नेछ भने लेखकहरूलाई अप्रेल महिनामा घोषित अनुदान हस्तान्तरण गरिने छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!