Loading... आजः शनिबार , श्रावण १२, २०८१

अहिले लकडाउनको समय नहटाए पनि वन अतिक्रमण गर्नेलाई हटाउनेछौः मुख्यमन्त्री तामाङ


गान्तोक, 14 अप्रेल। पूर्व सिक्किमको नाथाङ माछोङ निर्वाचन क्षेत्रको 15 नाथाङ ग्राम पञ्चायत एकाइको पाँच नम्बर वार्डमा पर्ने जलुक वार्डको 84 घर धुरीलाई अवैधरूपमा संरक्षित वनको जमीनमा बस्ति बसाएको भन्दै सरकारले 15 दिनमा गाउँ छोड्नुपर्ने जारी गरेको निर्देशलाई अहिले नै कोविड-19 को महामारीको समय लागू नगर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङ बताए। पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेको समय जलुक बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्रीले वन विभागको कानुन अनुसार कुनैपनि गैर कानुनीरूपमा वन विभागको जमीनलाई ओगटेर घर निर्माण गर्न नपाउने प्रावधानलाई पालन गर्नै पनि अनि यसबारेमा कार्वाही हुने बताए। तर अहिले महाममारीको समय भने वन विभागले पठाएको नोटिस लागु नभइहालेतापनि पछि गएर यस बारेमा सरकारले लिएको निर्णय कार्यान्वयन गर्ने सुनिश्चित रहेको बताए। उनले अहिले लकडाउनको समय नहटाए पनि पछि उनीहरूले गरेको अतिक्रमण विरूद्ध कानुन मुताबिक कार्वाही हुने मुख्यमन्त्रीले बताए। उल्लेखनीय छ, जलुकका यी वासिन्दाहरू राजाको समयमा सर्वभौम सिक्किममै बसोबासो गर्दै आएको दावी गर्छन्। अर्कोतिर गाउँलेहरूले आफूहरू वन विभागको जमीनमा नबसेर कृषि विभागको आलू फार्मको निम्ति राखिएको अनि त्यसै अनुरूप कृषि विबागको जमीनमा आफूहरूलाई विभाग सरकारले नै स्थापित गराएको हुनाले सबैले आ-आफ्नो घडेरीको कागजपत्र आफ्नो नाममा गरिदिने लामो समयदेखि माग गर्दै आएको दावी गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!