Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अाँफु प्रमहुँदा थाहा नपाउने, अहिले मैले हो भन्न कसरी सकेको?


मुख्यमन्त्री शंकर पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले प्रधानमन्त्रीले होइन मैले नक्सा जारी गरेको भन्दै हिंडेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पुष्पलाल स्मृती दिवसको कार्यक्रमलाई काठमाडौंमा संबोधन गर्दै आफूले नक्सा जारी गर्न दवाव दिएको तर त्यसको श्रेय प्रधानमन्त्रीले लिन खोजेको बताएका थिए। नेकपा स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै त्यसको जवाफ फर्काएका हुन्।

Insert your Ads code here

उनले कालापानी क्षेत्रको सीमा विवाद पुरानै रहेको समेत बताएका छन्। “कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफु प्रधानमन्त्री हुदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको?”–मुख्यमन्त्रीले भनेका छन्।

आफु प्रधानमन्त्री हुदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको?

नेकपा अध्यक्ष दाहालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने पार्टीको निर्णय भएको र प्रधानमन्त्रीले त्यसलाई वैधानिकता मात्र दिएको दावी गरेका थिए। तर पार्टीको निर्णयलाई व्यक्तिको खल्तीमा हाल्ने प्रयास इमान्दार नभएको भन्दै उनले भनेका थिए–“निर्णय गराउने दलाल, जसले ढिला गर्यो उसकै देवत्वकरण हुन सक्दैन।” न्यूज बुटवल टुडेले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!