Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अाईपी खरेलकाे पहलमा बाँकेमा सर्वदलीय बैठक सम्पन्न


बाँकेमा क्रियाशिल प्रमुख राजनीतिक दलको बैठक बुधवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको कार्यालयमा सम्पन्न भएको छ। बैठकमा प्रदेश सांसदसमेत रहेका नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राई, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष जगदिश ढकालको उपस्थिती रहेको थियो।

बैठकले राहत वितरण गर्दा सरकारले निर्देशित गरे अनुसार एकद्वार प्रणालीबाट वितरण गर्न आग्रह गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय तहमा अबदेखि राहत वितरण गर्दा सर्वदलीय संयन्त्र गठन गरि विपन्न घरपरिवारको पहिचान गरेर वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ।

कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिनका लागि बैठकले जिल्लाका लागि आवश्यक भिटिएम, पिसिआर किट लगायतका स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ।

Insert your Ads code here

यसैगरी बैठकले लकडाउनको पूर्ण पालनाका लागि जिल्लाबासीमा अनुरोध गर्दै थप व्यवस्थित बनाउन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ। बैठकले लकडाउनको आधारभुत मापदण्ड पुरा गर्दै विकास परियोजनाको काम सञ्चालन गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ।

यसैगरी बैठकले कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन जिल्लामा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधी लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सदरलाईन डटकमले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!