Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

अाजसम्मकै सबैभन्दा बढी १४ जनाको काेराेना संक्रमणबाट मृत्यु


कोभिड १९ बाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ। एकदिनमा मृत्यु हुनेको संख्या हालसम्मकै यो ठूलो संख्या हो।

मृत्यु हुनेमध्ये ४ जना महिला र १० जना पुरुष रहेका छन्। मृत्यु हुनेमा सुनसरीका २, महोत्तरीका ३, रुपन्देहीका २, बारा, मोरङ, रौतहट, ललितपुर, काठमाडौ, भक्तपुर र नवलपरासीका १/१ जना रहेका छन्। योसँगै हालसम्म मृत्यु हुनेको संख्या २ सय२१ पुगेको छ।

आइतबार १२ सय २१ नयाँ संक्रमित थपिएका छन्। विगत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरिएकोमा १२ सय २१ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Insert your Ads code here

काठमाडौं उपत्यकामा ४ सय २९ जना संक्रमित फेला परेका छन्। जसमध्ये काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना थपिएका हुन्। हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ पुगेको छ भने विगत २४ घण्टामा संक्रमणमुक्त भइ २ सय ६७ जना डिस्चार्ज भएकाेे सरकारी सञ्चारमाध्यमले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!