Loading... आजः शनिबार , श्रावण १२, २०८१

अाज बालुवाटारमा एमसीसी सम्बन्धमा अनाैपचारिक बैठक


फाइल तस्बिर

अाज दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय र अन्य केही नेता समेतको उपस्थितिमा अनाैपचारिक बैठक बसेकाे थियोे। उक्त बैठकमा संविधान संशोधन र एमसिसी परियोजनाबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको अनौपचारिक बैठकमा एमसीएका निर्देशक खड्ग बहादुर विष्ट सहित उनको समूहका ४-५ जना, नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङलाई बाेलाइएकाे थियो। उनीहरूले एमसीसी र एमसीए सञ्चालन सम्बन्धमा उपस्थिति नेताहरूलाई जानकारी गराएका थिए। खड्गबहादुर विष्टको ब्रिफिङबाट चित्त नबुझेपछि वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता डा. भीम रावल, देवप्रसाद गुरुङ अादिले जिज्ञासा राख्नुभएको थियो। नेताहरूकाे जिज्ञासाकाे जवाफ एमसीएका पदाधिकारीले दिन नसकेको बुझिएको छ। त्यसपछि सचिवालयका प्रधानमन्त्रीबाहेकका सदस्यहरु र स्थायी समितिका डा. भीम रावल, देवप्रसाद गुरुङ, लिलामणी पाेखरेल, बर्षमान पुन लगायतको टाेलीले संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटलगायत सममायिक विषयमा छलफल गरेका थिए।

Insert your Ads code here

एमसीसी राष्ट्रहित विपरीत भएकोले संशोधन नगरी पास गर्न नहुने विचार वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री खनाल, पूर्वप्रधानमन्त्री नेपाल, डा. रावल, देवप्रसाद गुरुङ र लिलामणी पाेखरेलले राख्नुभएको थियो। परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले एमसीसी अनुमाेदन गर्नुपर्नेमा जाेड दिंदै अनुमाेदन नगरे अन्तर्राष्ट्रियस्तरमा कुटनैतिक विश्वसनीयतामा प्रश्न खडा हुने जिकिर गर्नुभएको थियो। उर्जामन्त्री बर्षमान पुनले पनि घुमाउरो भाषामा एमसीसी अनुमाेदन गर्नुपर्नेमा जाेड दिनु भएको थियो। सचिवालय सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गाैतम माैन रहनु भएको थियो। माैन रहनेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा र विष्णु पाैडेल समेत हुनुहुन्छ। उहाँहरुले एमसीसीका पक्ष वा विपक्षमा कुनै विचार प्रकट गर्नुभएको थिएन।

सो अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुहुन्थ्यो। बैठकमा एमसिसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्यहरुले आआफ्ना भनाइ राख्नुभएको थियो भने नेकपाले वरिष्ट नेता झलनाथ खनालको अगुवाइमा छलफल भएको थियो। अन्तमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै सचिवालय बैठक, त्यसपछि स्थायी समिति बैठक बाेलाएर थाँती रहेका विषयलाई टुंगोमा पुर्याइने बताउनुभएको थियो। त्यसअघि एमसीसीकाे प्रक्रिया अगाडि नबढाइने अाश्वासन दिएको बुझिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!