शीतल निवासमा के त्यस्तो अचुक अाेषती छ? किन प्रधानमन्त्री केपी अाेली पार्टीभित्र अाफु अल्पमतमा पर्दा हाेस वा पद संकटमा पर्दा तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न दाैडिहाल्छन्, अाम मानिसको चासोको विषय बनेको छ। अाज पनि प्रधानमन्त्री केपी शर्मा ओली ११ बजेको निम्ति निर्धारित नेकपा स्थायी समितिको बैठकलाई होल्डमा राखेर शीतलनिवास पुग्नुभएको छ।
त्यहाँबाट के–कस्तो योजना रचेर वा सल्लाह गरेर फर्किनुहुने हो, सबैका लागि काैतुहलताकाे विषय बनेको छ। यसअघि सचिवालयको बैठकमा चर्काचर्की पर्दा पनि उहाँ राष्ट्रपति भवन जानुभएको थियो। त्यतिबेला पार्टीमा झन्डै झन्डै वार कि पारको स्थिति सिर्जना भइसकेको थियो।
Insert your Ads code here
यसअघि सचिवालय बैठकमा समस्या उत्पन्न हुँदाका बखत शीतल निवास जानुभएको थियो र शीतलनिवासबाट फर्केर मेरा गल्ती, कमजोरी छन् भने स्वीकारेर अघि बढ्न तयार छु भन्ने वचन दिनुभएपछि तत्कालका निम्ति ‘युद्धविराम’ भएको थियो। यसपटक उहाँले कस्तो कदम चाल्नुहुनेछ, अहिलेसम्म अनुमानमै सीमित छ। कतिपयको शंका छ कि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अधिकार सम्पन्न बनाएर सेना परिचालन गराउने र संकटकाल लागुगरेर शासन लम्ब्याउने खेलमा हुनुहुन्छ।