Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

अाफ्ना नागरिकलाई फिर्ता लैजान ७दिने अमेरिकी अादेश


विश्वका देशहरूले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता नलगे जरिवाना तिर्नुपर्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लग्न अटेर गर्ने विदेशी नागरिकहरूलाई जरिवाना तिर्नुपर्ने एक आदेश पत्रमा हस्ताक्षर गरेका छन्।

अमेरिकाले विदेशी नागरिकले अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा खतरा थपेकाले सम्बन्धित देशलाई नागरिक फिर्ता लान भनेको हो।

Insert your Ads code here

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइ हाउसले जारी गरेको सूचनामा भनिएको छ –“अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन्।”

यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने जनाइएको छ। विश्वका देशहरूलाई ७ दिन भित्र आ–आफ्ना नागरिकलाई अमेरिकाबाट फिर्ता लग्न भनिएको छ। यसको पालना नभए कारबाही गरिनेछ। यो समाचार झिल्काे डटकमले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!