Loading... आजः शनिबार , श्रावण १२, २०८१

अामन्त्रित सदस्यहरू सहित सचिवालय बैठक बालुवाटारमा जारी


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ। अाजकाे सचिवालय बैठकमा सरकारले बजेटको तालिकामा एमसीसी उल्लेख गरेपछि उत्पन्न अाशंका र विवादका विषयमा छलफल भइरहेको छ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा स्थायी कमिटी सदस्य डा. भीमबहादुर रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडा पनि अामन्त्रित गरिनुभएकाे छ। एमसीसी अध्ययन कार्यदलले दिएकाे प्रतिवेदन र पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयकाे निर्णय र निर्देशन विपरीत सरकारले बजेटकाे तालिकामा संसदमा विचाराधीन रहेको विवादास्पद एमसीसी परियोजनाकाे नाम समावेश गरेको विषयमा छलफल गर्नुपर्ने भएकोले उहाँहरूलाई पनि अामन्त्रण गरिएको हो। सचिवालय बैठक निर्णयमा पुग्नका लागि यतिबेला छलफल जारी छ। दुबै जना अध्यक्ष र सबै सदस्यहरूकाे उपस्थितिमा सचिवालय बैठक गहन छलफलमा निरन्तर छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!